ओलम्पिकमा भारतलाई पछि पार्दै पाकिस्तानले जित्यो स्वर्ण | Khabarhub Khabarhub

ओलम्पिकमा भारतलाई पछि पार्दै पाकिस्तानले जित्यो स्वर्ण


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

पेरिस – पेरिस ओलम्पिकमा पाकिस्तानका अर्साद नदिमले स्वर्ण पदक जितेका छन्। ज्याभलिन थ्रोमा उनले ओलम्पिक कीर्तिमान कायम गर्दै साबिक विजेता तथा विश्व विजेता भारतीय खेलाडी नीरज चोपरालाई पछि पारे। सो स्पर्धामा ग्रेनडाका एन्डरसन पिटर्सले कास्य पदक जिते।

कोभिडबाट सङ्क्रमित हुनुको बाबजुद पौडिएका तीन पटकका विश्व च्याम्पियन अमेरिकी नोह लायस दुई सय मिटर दौडमा तेस्रो भए। सो स्पर्धामा बोत्सवनाका लेटसिलो टेबोगोले स्वर्ण तथा अमेरिकाका केनेथ बेडरनेकले कास्य पदक जिते। १०० मिटरमा स्वर्ण जितेका लायसले गत विश्व च्याम्पियनसिपमा पनि शानदार प्रदर्शन गर्दै स्वर्ण पदक जितेका थिए।

पेरिस ओलम्पिकमा बिहीबारको खेल सकिँदा अमेरिका ३० स्वर्ण सहित शीर्ष स्थानमा छ। अमेरिकाका लागि सिड्नी म्याकगाउलेनले महिला ४०० मिटर हर्डल्समा स्वर्ण पदक दिलाइन्। उनले ५०.३७ सेकेन्डको कीर्तिमान कायम गरेकी हुन्। सो स्पर्धामा अमेरिकी अन्ना कोरकोलले रजत तथा नेदरल्यान्ड्सका फेम्के बोलले कास्य पदक जिते।

पेरिस ओलम्पिकमा सबै भन्दा नाटकीय खेल बास्केटबलमा पनि देखिएको थियो। स्टार खेलाडीले भरिएको अमेरिका तेस्रो क्वार्टरको अन्त्यसम्ममा १३ अङ्कले पछि थियो। अमेरिकाले अन्त्यमा ९५–९१ ले खेल जितेको हो। ओलम्पिकमा अमेरिका ३० स्वर्णसहित शीर्ष स्थानमा छ। २९ स्वर्णसहित चीनले अमेरिकालाई पछ्याइरहेको छ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ९ : २० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय