देशलाई चाँडै पूर्ण विद्युतीकरण घोषणा गर्दैछौँ : कुलमान « Khabarhub

देशलाई चाँडै पूर्ण विद्युतीकरण घोषणा गर्दैछौँ : कुलमान


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डाकेका पत्रकार सम्मेलन शुरू भएको छ ।

उनी २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए । कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा घिसिङले पत्रकार सम्मेलन गरेका हुन् ।

डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवादमा व्यापारी र सरकारसँग टकराव खेपिरहेका घिसिङले यसमाभन्दा तीन वर्षे प्रगति सुनाइरहेका छन् ।

उनले पत्रकार सम्मेलनका क्रममा देशलाई छिट्टै पूर्ण विद्युतीकरण घोषणा गरिने योजना सुनाए । उनले प्राधिकरणको नाफा वास्तविक भन्दै कागजी मात्रै नभएको स्पष्टीकरण दिए ।

‘८ वर्षमा ४७ अर्ब सञ्चित नाफा भएको छ । जम्मा ८२ अर्ब नाफा भएको छ’, उनले भने, ‘यति धेरै नाफा डेडिकेटेड र ट्रङ्कलाइन महसुलले मात्रै भएको होइन ।’

घिसिङले महालेखाबाटै अडिट गरी आएको हिसाबअनुसार नाफाको विवरण आफूले भनेको पनि बताए ।

‘तीनपटक गरि २५ प्रतिशत महसुल घटाउँदा पनि हामी नाफामा छौं’, उनले भने, ‘कुनै पनि उत्पादनमा यसरी मूल्य घटाउँदा नाफामा जाँदैन । तर प्राधिकरण नाफामा छ ।’

उनले ५९ लाखमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क लगाइए पनि बताए । ‘प्राधिकरणले नाफा मात्रै कमाएको छैन, व्यवसायिक उत्तरदायित्व निभाइरहेको छ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  २ : ०५ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट