जम्बो मन्त्रिपरिषद्‍ले विवादमा मधेशका मुख्यमन्त्री, जनमतले सोध्यो स्पष्टीकरण « Khabarhub

जम्बो मन्त्रिपरिषद्‍ले विवादमा मधेशका मुख्यमन्त्री, जनमतले सोध्यो स्पष्टीकरण


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहसँग स्प्रष्टीकरण सोधेको छ ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्मा आवश्यकताभन्दा दोब्बर सदस्य राखेपछि उनलाई जनमतले स्पष्टीकरण सोधेको हो ।

मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको पुष्टि पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले गरेका छन् । मुख्यमन्त्री सिंहलाई संसदीय दलका नेतालाई छाडेर जनमतले मुख्यमन्त्री बनाएको थियो ।

सिंहले यही मंगलबार प्रदेश सरकारमा ५ जना राज्यमन्त्री थपेर प्रदेश मन्त्रिपरषद्लाई २० सदस्यीय पुर्‍याएका थिए । संघीय सरकारमा २५ सदस्यीय मन्त्रिपरिषद् हुन्छ । प्रदेशमै संघको हाराहारी मन्त्रिपरिषद् बनाएपछि जनमत नेतृत्व उनीसँग असन्तुष्ट छ ।

संघीयतायता जनमतले प्रदेशतर्फ सबैभन्दा ठूलो मन्त्रिपरिषद् बनाएको छ । बागमतीका तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले यसअघि प्रदेश सरकार १८ सदस्यीय बनाएका थिए ।

जनमत नेतृत्वले मुख्यमन्त्री सिंहमाथि मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थप्दा पार्टीसँग सल्लाह नगरेको पनि आरोप लगाएको छ ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकारलाई गति दिनेभन्दा उद्घाटन र शिलान्यासमा समय सकेको र पार्टीको निर्देशन पनि अटेर गरेको आरोप जनमतको छ।

मधेशमा १२ मन्त्रालय छन् । मंगलबारसम्म मुख्यमन्त्री सिंहसहित मधेशमा १२ मन्त्री र तीन राज्यमन्त्री थिए। मधेशमा कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित तीन र लोसपाले एक मन्त्रालय लिएका छन् । तर पछि पाँच राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई जम्बो बनाइएको हो ।

यसबारेमा जनमत अध्यक्ष डा. राउतले आफ्नो एकल सरकार नरहेकाले सबै दललाई चित्त बुझाउँदा मधेशको मन्त्रिपरिषद् जम्बो हुन पुगेको स्पष्टीकरण दिएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  २ : ५२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका