जम्बो मन्त्रिपरिषद्‍ले विवादमा मधेशका मुख्यमन्त्री, जनमतले सोध्यो स्पष्टीकरण | Khabarhub Khabarhub

जम्बो मन्त्रिपरिषद्‍ले विवादमा मधेशका मुख्यमन्त्री, जनमतले सोध्यो स्पष्टीकरण


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहसँग स्प्रष्टीकरण सोधेको छ ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्मा आवश्यकताभन्दा दोब्बर सदस्य राखेपछि उनलाई जनमतले स्पष्टीकरण सोधेको हो ।

मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको पुष्टि पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले गरेका छन् । मुख्यमन्त्री सिंहलाई संसदीय दलका नेतालाई छाडेर जनमतले मुख्यमन्त्री बनाएको थियो ।

सिंहले यही मंगलबार प्रदेश सरकारमा ५ जना राज्यमन्त्री थपेर प्रदेश मन्त्रिपरषद्लाई २० सदस्यीय पुर्‍याएका थिए । संघीय सरकारमा २५ सदस्यीय मन्त्रिपरिषद् हुन्छ । प्रदेशमै संघको हाराहारी मन्त्रिपरिषद् बनाएपछि जनमत नेतृत्व उनीसँग असन्तुष्ट छ ।

संघीयतायता जनमतले प्रदेशतर्फ सबैभन्दा ठूलो मन्त्रिपरिषद् बनाएको छ । बागमतीका तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले यसअघि प्रदेश सरकार १८ सदस्यीय बनाएका थिए ।

जनमत नेतृत्वले मुख्यमन्त्री सिंहमाथि मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थप्दा पार्टीसँग सल्लाह नगरेको पनि आरोप लगाएको छ ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकारलाई गति दिनेभन्दा उद्घाटन र शिलान्यासमा समय सकेको र पार्टीको निर्देशन पनि अटेर गरेको आरोप जनमतको छ।

मधेशमा १२ मन्त्रालय छन् । मंगलबारसम्म मुख्यमन्त्री सिंहसहित मधेशमा १२ मन्त्री र तीन राज्यमन्त्री थिए। मधेशमा कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित तीन र लोसपाले एक मन्त्रालय लिएका छन् । तर पछि पाँच राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई जम्बो बनाइएको हो ।

यसबारेमा जनमत अध्यक्ष डा. राउतले आफ्नो एकल सरकार नरहेकाले सबै दललाई चित्त बुझाउँदा मधेशको मन्त्रिपरिषद् जम्बो हुन पुगेको स्पष्टीकरण दिएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  २ : ५२ बजे

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं– आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’

संविधानको पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले

मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी

संविधानले नेपाली समाजलाई एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा