पूर्वाधार विकासमा जलवायु परिवर्तनका चुनौतीबारे नीतिगत संवाद « Khabarhub

पूर्वाधार विकासमा जलवायु परिवर्तनका चुनौतीबारे नीतिगत संवाद


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लचिलो पूर्वाधार विकासमा जलवायु परिवर्तनका चुनौतीमाथि नीतिगत संवाद सम्पन्न भएको छ । बुधबार आइसेट नेपाल सर्भिसेस र एसिया फाउन्डेसनको संयुक्त आयोजनामा दरबारमार्गस्थित खबरहबको पेभेलियन हलमा नीतिगत संवाद कार्यक्रम भएको हो ।

नीतिगत संवाद कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा पूर्वाधार क्षेत्रको अवस्था, भइरहेको पूर्वाधार विकास, विकास निर्माणमा देखिएका समस्या तथा चुनौती, प्राकृतिक प्रकोप, जलवायु परिवर्तनले विकासमा पार्ने प्रभावलगायतका विषयमा आफ्ना जिज्ञासा र सुझाव राखेका थिए ।

कार्यक्रममा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीका सल्लाहकार डा. बिन्दुनाथ लोहनीले पूर्वाधारको विकासमा जलवायु परिवर्तनले पारेको प्रभाव, विकास निर्माणको अवस्था, समस्या, सम्भावना र नीतिगत रूपमा सरकारले समेट्नुपर्ने विषयबारे भनाइ राखे ।

सरकारले सडक, जलविद्युत, यातायातलगायतका भौतिक विकास निर्माणका क्रममा अर्बौँ लगानी गरे पनि निर्माणमा ढिलाइ र गुणस्तरमा सधैँ समस्या आउने गरेको उनको भनाइ थियो ।

पूर्वाधार विकासमा प्रविधिको प्रयोग गर्दै सार्वजनिक यातायातलाई थप व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा आइसेट नेपालका टिम लिडर अजय दीक्षितले पूर्वाधार विकासमा नाममा भइरहेको विनाश रोक्न डिजाइन, योजना र एकीकृत विकास मोडेल आवश्यक रहेको बताए । स–साना विकासे आयोजनाले सरकारलाई थप दायित्व बढाएको र योजना वितरणमुखी भएको उनको भनाइ छ ।

विकास निर्माणका क्रममा जलवायु परिवर्तनले त्यति ठूलो असर नगरे पनि सही तरिकाले योजना नबनाउँदा भने समस्या हुने गरेको बताए ।  कार्यक्रममा द एसिया फाउन्डेसनका सिनियर जलवायु एक्सन अफिसर रञ्जन भट्टले पूर्वाधार विकासमा जलवायु परिवर्तन ल्याएको चुनौती विषय संवाद फलदायी भएको बताए ।

यस्ता छलफल र संवादमार्फत विकास निर्माणका देखिएका समस्या र चुनौती केलाएर समाधान र सम्भावना खोजी पुग्ने उनको भनाइ थियो । आइसेट नेपालका कार्यक्रम कोअर्डिनेटर अनुस्था श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विभिन्न क्षेत्रका २० जनाको सहभागी थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : २६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।