पूर्वाधार विकासमा जलवायु परिवर्तनका चुनौतीबारे नीतिगत संवाद « Khabarhub

पूर्वाधार विकासमा जलवायु परिवर्तनका चुनौतीबारे नीतिगत संवाद


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लचिलो पूर्वाधार विकासमा जलवायु परिवर्तनका चुनौतीमाथि नीतिगत संवाद सम्पन्न भएको छ । बुधबार आइसेट नेपाल सर्भिसेस र एसिया फाउन्डेसनको संयुक्त आयोजनामा दरबारमार्गस्थित खबरहबको पेभेलियन हलमा नीतिगत संवाद कार्यक्रम भएको हो ।

नीतिगत संवाद कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा पूर्वाधार क्षेत्रको अवस्था, भइरहेको पूर्वाधार विकास, विकास निर्माणमा देखिएका समस्या तथा चुनौती, प्राकृतिक प्रकोप, जलवायु परिवर्तनले विकासमा पार्ने प्रभावलगायतका विषयमा आफ्ना जिज्ञासा र सुझाव राखेका थिए ।

कार्यक्रममा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीका सल्लाहकार डा. बिन्दुनाथ लोहनीले पूर्वाधारको विकासमा जलवायु परिवर्तनले पारेको प्रभाव, विकास निर्माणको अवस्था, समस्या, सम्भावना र नीतिगत रूपमा सरकारले समेट्नुपर्ने विषयबारे भनाइ राखे ।

सरकारले सडक, जलविद्युत, यातायातलगायतका भौतिक विकास निर्माणका क्रममा अर्बौँ लगानी गरे पनि निर्माणमा ढिलाइ र गुणस्तरमा सधैँ समस्या आउने गरेको उनको भनाइ थियो ।

पूर्वाधार विकासमा प्रविधिको प्रयोग गर्दै सार्वजनिक यातायातलाई थप व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा आइसेट नेपालका टिम लिडर अजय दीक्षितले पूर्वाधार विकासमा नाममा भइरहेको विनाश रोक्न डिजाइन, योजना र एकीकृत विकास मोडेल आवश्यक रहेको बताए । स–साना विकासे आयोजनाले सरकारलाई थप दायित्व बढाएको र योजना वितरणमुखी भएको उनको भनाइ छ ।

विकास निर्माणका क्रममा जलवायु परिवर्तनले त्यति ठूलो असर नगरे पनि सही तरिकाले योजना नबनाउँदा भने समस्या हुने गरेको बताए ।  कार्यक्रममा द एसिया फाउन्डेसनका सिनियर जलवायु एक्सन अफिसर रञ्जन भट्टले पूर्वाधार विकासमा जलवायु परिवर्तन ल्याएको चुनौती विषय संवाद फलदायी भएको बताए ।

यस्ता छलफल र संवादमार्फत विकास निर्माणका देखिएका समस्या र चुनौती केलाएर समाधान र सम्भावना खोजी पुग्ने उनको भनाइ थियो । आइसेट नेपालका कार्यक्रम कोअर्डिनेटर अनुस्था श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विभिन्न क्षेत्रका २० जनाको सहभागी थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : २६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको