अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा  अर्घाखाँची जिल्ला पाणीनी गाउँपालिका वडा नं. ७ दुविचौर घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने  २१ वर्षीय लक्ष्मी माझी रहेकी छन् ।

माझीले बिभिन्न व्यक्तिलाई अमेरिका पठाइदिन्छु, राम्रो सजिलो काम हुन्छ जहाँ मासिक दुई लाख रुपैयाँ तलव सम्म हुन्छ भन्दै प्रलोभनमा पारी  ५४ लाख ७ हजार ८ सय ७० रुपैयाँ लिई फरार रहेकोले साउन १५ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउको अनुमति समेत जारी भएपछि उनको  खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार तारकेश्वरबाट पक्राउ गरेको हो  ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : २३ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई