अन्तर्राष्ट्रिय

मोहम्मद युनुसलाई पाकिस्तानी प्रधानमन्त्रीले शरिफले दिए बधाई

By खबरहब

August 09, 2024

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बङ्गलादेशी सरकारका नवनियुक्त मुख्य सल्लाहकार प्रोफेसर मोहम्मद युनुसलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत् उनले शुक्रबार युनुसलाई बधाई दिएका हुन् ।

बङ्गलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकारका रूपमा नोबेल पुरस्कार विजेता युनुसले बिहीबार शपथ लिए ।

पाकिस्तानी प्रधानमन्त्री शरिफले एक्समा लेखेका छन्, ‘पिपुल्स रिपब्लिक अफ बङ्गलादेशको सरकारका मुख्य सल्लाहकार प्रोफेसर मोहम्मद युनुसलाई बधाई ।’

उनले आगामी दिनमा पाकिस्तान र बङ्गलादेशबीच गहिरो सहयोगका लागि युनुससँग काम गर्न उत्सुक रहेको पनि उल्लेख गरेका छन् ।

‘बङगलादेशको समृद्ध भविष्यको दिशामा मार्गदर्शन गर्नमा उहाँ (युनस) को सफलताका लागि प्रार्थना गर्दछु,’ शरिफले लेखेका छन्, ‘आउने दिनमा पाकिस्तान र बङ्गलादेशबीचको सहयोग गहिरो बनाउन उहाँसँग काम गर्न उत्सुक छु ।’