माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : बंगलादेशबाट शिक्षा लिएर जनताका कुरा सुनौँ « Khabarhub

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : बंगलादेशबाट शिक्षा लिएर जनताका कुरा सुनौँ


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारदेखि सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा विभिन्न चार एजेन्डामा छलफल सुरु भएको प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । उनले पार्टीको वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र कार्यभार तथा विविध एजेन्डा छलफलका लागि आफ्ना कुरा राखेको सापकोटाले बताए ।

पहिलो एजेन्डाका रूपमा रहेको पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङमा अध्यक्ष प्रचण्डले टीआरसी विधेयकमा दलहरूले सहमति जुटाएको बताएका थिए ।

आगामी साउन २९ गतेको संसद्को बैठकमा टीआरसी पेस हुने जानकारी दाहालले गराए । बंगलादेशमा भएको पछिल्लो राजनीतिक उथलपुथलपूर्ण घटनाबाट शिक्षा लिएर जनताको कुरा सुन्नुपर्नेमा पनि प्रचण्डले जोड दिएको सापकोटाले जानकारी दिए ।

त्यस्तै आफू नेतृत्वको अघिल्लो सरकारले गरेको सुशासन र भ्रष्टाचार विरोधी निर्णय र अभियान अगाडि बढाउनको सट्टा अहिलेको सरकारले अवरोध सिर्जना गर्ने काम गरिरहेको प्रचण्डले बताएको सापकोटाले जानकारी दिए ।

स्थायी कमिटी बैठकले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाप्रति दु:ख व्यक्त गर्दै परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन माग गरेको छ ।

बस दुर्घटनाबारे पनि बैठकले चिन्ता जनाएको छ । बाढी पहिरोबाट भएको क्षति न्यूनीकरण गर्दै पीडितलाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको प्रवक्ता सापकोटाले बताए । माओवादी स्थायी कमिटी बैठक शनिबार ११ बजे बस्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ६ : ४१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल