मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारमा मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भई हाल काठमाडौं सीतापाइला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नवीन भट्टराई र मकवानपुरको बागमती गाउँपालिका–३ घर भएका २१ वर्षीय प्रेमबहादुर पाख्रिन रहेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले राई र भट्टराईलाई बालकुमारी र पाख्रिनलाई कौशलटारबाट पक्राउ गरिएको जानकारी दिए ।

बागमती प्रदेश ०२–०४९ प २५१३ नंको मोटरसाइकललाई चोरी गरी नम्बर परिवर्तन गरेर प्रदेश २–०२–०२७ प ४३२३ नं बनाएर चलाएकाले भट्टराई र राईलाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए ।

नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १० : ५२ बजे

जेन-जी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

चितवन– गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा

तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न

तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– सोमबार पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

बाँके– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन

एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं – एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले