सत्ता साझेदार दलको बैठक बस्दै « Khabarhub

सत्ता साझेदार दलको बैठक बस्दै


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्‍न ४ बजे बालुवाटारमा बस्ने भएको हो ।

आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भएको छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो ।

सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले न्यूनतम साझा कार्यक्रम नबनाएको भन्दै आलोचना भइरहेका बेला सत्तारुढ दलहरूले यस छलफलबाट न्यूनतम साझा कार्यक्रम बारे निर्णय गर्ने बुझिएको छ । 

जसअनुसार प्रधानमन्त्री ओली र सभापति देउवाबीच न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भएको बताइएको छ । 

साथै आजको बैठकले आम जनतामा रहेको निराशा चिर्ने र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ ।

कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सात बुँदे सहमति अनुसार असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ७ : ५७ बजे

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि