संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल लुमरेङकोट « Khabarhub

संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल लुमरेङकोट


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पर्वत– दक्षिण पर्वतको बिहादी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको लुमरेङकोट संरक्षणको पर्खाइमा छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको लुमरेङकोट प्रचारप्रसार, संरक्षण र पूर्वाधार अभावमा ओझेलमा परेको हो । 

नेपाल एकीकरणपूर्व चौबीसे राज्यकालमा शक्तिशाली मानिने लुमरेङकोटमा अहिले पनि हातहतियारदेखि तरबारको आक्रमणबाट बच्न ढालका रूपमा प्रयोग हुने सामग्री रहेका छन् । ती ऐतिहासिक तथा पुरातात्विक सामग्री संरक्षण अभावमा हराउने खतरा बढेको छ । 

 भुरे राजाको दरबार रहेको लुमरेङकोट बाइसे चौबीसेकालमा शक्तिशाली मानिन्थ्यो । यहाँ अहिले मन्दिर र सत्तल रहेको छ । सत्तलको एउटा दराजमा युद्धमा प्रयोग भएका दरबार, खुँडा, गैँडाको छालाबाट बनेका ढाल रहेका छन् । तर यी सामग्री रङरोगन गरिएकाले तिनको ऐतिहासिकता हराएको छ ।

कुनै–कुनै हतियारमा सन् १७३४ एडी लेखेको समेत भेटिएको स्थानीय अगुवा धनबहादुर थापाले बताए। पुरातात्विक महत्त्व बोकेका यस्ता सामग्री हराउन थालेपछि स्थानीयस्तरबाट संरक्षणको प्रयास थालिएको उनको भनाइ छ । 

तत्कालीन समयमा लुमरेङकोटका राजा चन्द्र सिंह निकै पराक्रमी थिए । उनका छोरा चतुर सिंह र भानुप्रताप सिंह रहेका बेला कुनै राज्यले आक्रमण गरेर नियन्त्रणमा लिन नसकेको इतिहास छ । पैंयुकोटे राजाले जासुसी गरेर चन्द्र सिंहका छोरा विहादीको फाँटमा रोपाइँ गर्न गएको मौकामा लुमरेङकोटमा आक्रमण गरेका थिए । 

आक्रमणमा परेर चन्द्रसिंहको कोटमै मृत्यु भएको थियो भने एकजना छोराको बीच भागमा र अर्का एक जनाको रोपाइँ गर्ने स्थानमा मृत्यु भएको इतिहास भएको थापाले जानकारी दिनुभयो । रोपाइँका बेला बाजा बजाउन प्रयोग भएको दमाहा स्थानीय दमाइ जातिको घरमा अझै भेटिन्छन् । त्यसपछि लुमरेङकोटको अस्तित्व समाप्त भएर पैँयुकोटमा सरेको थियो । 

पर्वतको बिहादी, पैँयु गाउँपालिकाको अग्लो भूभागमा रहेको कोटबाट टाढा टाढाका दृश्य हेर्न सकिन्छ । यहाँ वनभोज खान विभिन्न ठाउँबाट मानिसहरु आउने गर्छन् । गत वर्ष यहाँबाट प्याराग्लाइडिङको सफल परीक्षणसमेत गरिएको छ । यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न बिहादी गाउँपालिकाका अध्यक्ष प्रविण गुरुङले बताए। वनभोज र प्याराग्लाइडिङको गन्तव्य बनाउन गाउँपालिकाले प्रयास गरिरहेको उनले बताए । 

यहाँ रहेका ऐतिहासिक र पुरातात्विक महत्वका सामग्रीको संरक्षण गर्न पालिकाले काम गरिरहेको जनाएको छ । यसलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य बनाउने प्रयास भइरहेको अध्यक्ष गुरुङको भनाइ छ । 

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ८ : ४३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको