राखेप निर्देशक चयनमा विवाद : उपनिर्देशक संगीना वैद्यको राजीनामा « Khabarhub

राखेप निर्देशक चयनमा विवाद : उपनिर्देशक संगीना वैद्यको राजीनामा


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपनिर्देशक संगीना वैद्यले आफ्नो पदबाट राजीनामा दिएकी छन् । निर्देशक चयन प्रकृया अपारदर्शी र परम्पराविपरीत भएको भन्दै वैद्यले राजीनामा दिएकी हुन् । 

राखेपका तत्कालीन निर्देशक प्रचण्ड शर्माको भदौ १९ गते अवकाश भएपछि उपनिर्देशकबाट निर्देशकमा बढुवा गर्ने परम्परा रहेको थियो । 

अहिले संगीनासँगै ओलम्पियन विष्णुबहादुर सिंह उपनिर्देशक रहेका छन् । तर राखेपका सदस्य सचिव टंकलाल घिसिङले कराते प्रशिक्षक सोभितराज प्रसाईंलाई सो जिम्मेवारी दिएपछि वैद्य असन्तुष्ट बनेकी हुन्  । 

ओलम्पिकमा छनोट हुने नेपालको पहिलो महिला खेलाडी रहेकी संगीना २०५२ भदौ ३० गते राखेप प्रवेश गरेकी हुन् । वैद्यको २०६३ पुष २१ मा र प्रसाईको २०६४ पुष २७ मा बढुवा भएको थियो ।

 वरिष्ठलाई नजर अन्दाज गरेर सदस्य सचिव घिसिङले जिम्मेवारी दिएपछि वैद्यले राजीनामा दिएकी छन् ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  १० : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको