‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसक्यो, छिट्टै मूल्य निर्धारण हुनेछ ‘  « Khabarhub

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसक्यो, छिट्टै मूल्य निर्धारण हुनेछ ‘ 


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताएका छन् । 

सोमबार राजधानीमा आयोजना भएको  ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रको वृहत बहस’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो धारणा राख्दै मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पुरा गरिसकेको उनले बताए । 

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एकमहिना भित्र टुङ्ग्याउँछौं’ मन्त्री भण्डारीले भने ।

इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको समेत उनले बताए । 

इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उनले बताए । यस्तै,  नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले पनि सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताएका छन् । 

पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले बिलम्ब हुन गएकोमा पछिल्लो समय सरकारले यो कार्यान्वयनमा लैजाने पहल गरिसकेको उनले बताए । इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि बनाउन पर्ने रहेकोमा उद्योग विभागले सो सम्बन्धी कार्यविधिका लागि स्वीकृति दिइसकेको उनले बताए । 

‘अब केही समयमा नै इथानोल उत्पादनमा जान्छ । यो कुनै रकेट साइनस होइन’ उनले भने, ‘इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्छ ।’ 

इथानोल उत्पादनमा धेरै उद्योगहरू तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने उनले भने । तर, वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उनले बताए । 

पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्ने सन्दर्भमा पछिल्लो समय निकै चर्चा चलेको छ । २०६० सालमा नै इथानोल उत्पादन र प्रयोगमा नीति बनेपनि हालसम्म कार्यान्वयनमा जान सकेको छैन । तर, नेपाल इथानोल उत्पादन र मिश्रण सम्भव रहेको जनाउँदै नेपाल आयल निगमले आवश्यक तयारीका साथ उत्पादनमा जाने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १२ : ३५ बजे

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द

एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने

समानुपातिक सूची बुझाएसँगै देश निर्वाचनमा होमियो : मन्त्री खरेल

गोरखा– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने