दुवै प्रहरीका विधेयक अन्तिम चरणमा, अर्थले सहमति दिएपछि कानुनमा पठाइने « Khabarhub

दुवै प्रहरीका विधेयक अन्तिम चरणमा, अर्थले सहमति दिएपछि कानुनमा पठाइने


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

त्यही तयारीअनुसार गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माण तयारीलाई तीव्र पारेका हुन् ।

उनले आइतबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई गृहमन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरे ।

त्यसपछि गृहमन्त्री लेखकले साँझ त्यससम्बन्धी ब्रिफिङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरेका थिए ।

दुवै प्रहरीको कानुनमा संशोधन विधेयकमाथि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै संगठनका प्रमुखसहित आइतबार साँझ छलफल भएको थियो ।

बालुवाटारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानून निर्माण गर्ने विधेयकमा सकारात्मक र परिणाममुखी छलफल भएको गृहमन्त्री लेखकले बताए ।

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक राय–पराशर्मका लागि अर्थ मन्त्रालयमा पठाएको छ। प्रहरीको विधेयक दुई साताअघि नै पठाइएको थियो । सशस्त्र प्रहरीको पनि बिहीबार पठाइएको छ।

साउन तेस्रो साता नै प्रहरी प्रधान कार्यालयमा प्रहरी सम्बन्धी विधेयकको समस्यौदा टुंग्याउनअघि गृहमन्त्री लेखकले उच्च अधिकारीको राय सुनेका थिए । गृहमन्त्री लेखकले विधेयकको मस्यौदा तयार गर्दा नेपाल प्रहरीका पूर्व प्रमुखहरुको पनि राय–सुझाव सुनेका थिए ।

यस्तै सशस्त्र प्रहरीको विधेयकको मस्यौदा टुंगो लगाउनुअघि गृहमन्त्री रमेश लेखक आफैँ सशस्त्र प्रहरी मुख्यालय पुगेर उच्च अधिकारीको राय सुनेका थिए ।

गृहमन्त्री लेखकले मन्त्री भएको सय दिनभित्र प्रहरी ऐनलाई संसद्मा लैजाने लक्ष्य राखेका छन् । अर्थबाट सहमति आएपछि चाँडै कानुन मन्त्रालय पठाउने र मन्त्रिपरिषद्मा लैजाने गृहमन्त्री लेखकले तयारी गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १२ : ४८ बजे

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.