सहकारीको बचत ठगी : कांग्रेस उपसभापति धनराजविरुद्ध पनि उजुरी, ‘श्रीमती’ ज्योति फरार « Khabarhub

सहकारीको बचत ठगी : कांग्रेस उपसभापति धनराजविरुद्ध पनि उजुरी, ‘श्रीमती’ ज्योति फरार


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङलाई सहकारी संस्थाको बचत रकम ठगी गरेको आरोप लागेको छ ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय समितिले देशभरका २९ वटा सहकारीको बचत हिनामिनाबारे छानबिन गरिरहेका बेला उपसभापति गुरुङविरुद्ध पनि उजुरी परेको हो ।

उपसभापति गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको हो ।

उनी र श्रीमती ज्योति गुरुङ (हाल सम्बन्धविच्छेद) दुवैको नाममा निकालिएको १४ करोड ८१ लाख रूपैयाँ नतिरेको भन्दै ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका हुन ।

राईले सहकारीको समस्या समाधान गर्न बनेको संसदीय छानबिन विशेष समितिमा पनि उजुरी दिएका छन् ।

मितेरी बचत तथा ऋण सहकारी संस्था तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोप लागेको हो । तर ज्योति भने हाल फरार छिन् ।

यी दुईजनाले चार वर्षअघि नै सम्बन्ध विच्छेद गरेको बताइएको छ । सहकारीको रकम हिनामिनामा फस्ने डरले सम्बन्ध विच्छेद गरिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

सहकारी ठगी छानबिनका लागि गठित समितिका एक सदस्यका अनुसार अब गुरुङलाई पनि समितिले बयानमा तान्ने तयारी गरेको छ। उता सम्बन्ध विच्छेद गरिएकी भनिएकी गुरुङकी श्रीमती ज्योति विदेशमा लुकेर बसेकी छन् ।

के भन्छन् गुरुङ ?

सहकारी ठगी प्रकरणमा नाम मुछिएकोबारेमा खबरहबले उपसभापति गुरुङसँग छोटो कुराकानी गरेको थियो । उनले यस प्रकरणबारे यथार्थ र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

उनले श्रीमती ज्योतिसँग ५ वर्षअगाडि नै सम्बन्ध विछेद गरिसकेको पनि जानकारी दिएका छन् ।

‘अध्यक्ष कुम्भराज गुरुङ र ज्योति नै यसबारे सबैथोक जान्दछन् । कार्यालयको काम भन्दै ज्योति बाहिर गइरहन्थिन् । यसबारे मलाई केही थाहा छैन । कुम्भराज र ज्योतिकै कारण मैले पनि सम्बन्ध विछेद गरेको हुँ’, धनराजले अगाडि भने ।

उनले आफूलाई फसाउन ज्योति र कुम्भराज मिलेर उजुरी र निवेदनसहितका अनेक प्रपञ्च रचेको पनि खबरहबलाई बताएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  १ : ३४ बजे

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि