फिल्म निर्माणमा सलोन, असोज ११ बाट छायांकन थालिने « Khabarhub

फिल्म निर्माणमा सलोन, असोज ११ बाट छायांकन थालिने


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । निर्माण पक्षले सोमबार टाइटल पोस्टर सार्वजनिक गर्दै यसबारेमा जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । पृष्ठभूमिमा अस्ताउन लागेको घाम देख्न सकिन्छ ।

सलोन-सलिना फिल्मस् प्रालिको ब्यानरमा यो फिल्मको प्रस्तुतकर्ता सनाले बस्नेत हुन् । पछिल्लो एक दशकदेखि अभिनयमा सक्रिय सलोनले सक्षम सुवेदीसँग मिलेर फिल्म निर्माण गर्न लागेका हुन् ।

यसै फिल्मबाट सुरेश न्यौपानेले निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनीसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा सहायक निर्देशन गरेको अनुभव छ ।

सलोनका अनुसार असोज ११ बाट छायाङ्कनमा निस्कने तयारीसाथ कलाकार चयन भइरहेको छ । उनले खबरहबलाई भने, ‘केही नयाँ प्रतिभालाई स्थान दिने सोचमा छौं । बालकलाकार खोजिरहेका छौं ।’

सोसल ड्रामा जनरामा बन्ने यस फिल्मले बाबु-छोरीको कथा प्रस्तुत गर्ने सलोनको भनाइ छ । यसको कथा सुमन गजमेरले लेखेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : ०० बजे

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १