रविले स्वीकारे- गोर्खा मिडियामा गलत बाटोबाट सहकारीको रकम आएको थियो « Khabarhub

रविले स्वीकारे- गोर्खा मिडियामा गलत बाटोबाट सहकारीको रकम आएको थियो


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडिया नेट्ववर्कमा गलत ढंगले सहकारी संस्थाको रकम आएको स्वीकारेका छन्।

सोमबार धनगढीमा पत्रकारहरूसँगको सम्वादका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफू प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम लगानीका रुपमा आएको स्वीकारेका हुन् ।

‘गोर्खा मिडिया लगायतका ठाउँमा गलत ढंगबाट सहकारी संस्थाको रकम आएको कुरा ठीक हो,’ उनले पत्रकारहरूलाई भने, ‘त्यो स्थापित भइसकेको कुरा हो। अनुसन्धानले पनि देखाइसकेको कुरा हो। तर, त्यो कसले गर्‍यो भन्ने कुरा अदालतमा प्रवेश गरिसकेको छ। क-कसले बदमासी गरेका थिए भन्ने अब स्पष्ट भइसकेको छ।’

सहकारीको रकम ल्याएर रवि प्रबन्ध निर्देशक र ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी) ले ग्यालेक्सी टेलिभिजन सञ्जचालन गरेका थिए ।

उक्त टेलिभिजनका लागि बुटवलको सुप्रिम सहकारी संस्था र पोखराको सूर्यदर्शन सहकारी संस्थाको करोडौँ बचत रकम अनधिकृत ढंगबाट लगानीका रुपमा भित्र्याइएको थियो ।

लामिछानेले यसअघि यसबारेमा आफूलाई थाहा नभएको जिकिर गर्दै आएका थिए । तर सोमबार धनगढीमा उनले सहकारीको रकम गोर्खा मिडिया नेट्वर्कद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनमा लगानीका रुपमा भित्रिएको कुरा अनुसन्धानबाटै पुष्टि भइसकेको जवाफ दिएका हुन् ।

तर लामिछानले प्रबन्धक निर्देशक रहेको गोर्खा मिडियामा सहकारी रकम गलत ढंगले ल्याउने काममा आफ्नो संलग्नता भने अस्वीकार गरेका छन् । उनले पत्रकारलाई जवाफ दिने क्रममा संसदीय छानबि समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आशावादी रहेको पनि बताएका छन् ।

यस प्रकरणमा अहिले नेकपा एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले पनि अनुसन्धान गरिरहेको छ । लामिछानेले उक्त समितिमा ९ घण्टा लामो बयान दिइसकेका छन् । यसबीचमा कास्की प्रहरीका अधिकृतहरू काठमाडौंमै आएर पनि उनीसँग बयान लिइरहेका छन् ।

उता उनका साझेदार एवम् गोर्खा मिडिया नेट्वर्कका अध्यक्ष जीबी राई भने मलेसियामा लुकेर बसेको भन्दै नेपाल प्रहरीको टोली उतै पुगेर खोजी गरिरहेको छ ।

नेपाल प्रहरीको टोली गोप्य रुपमा मलेसिया पुगेर पहिलो पटक खोजी गर्दा जीबी भेटिएका थिएनन् । स्रोतका अनुसार जीबीलाई खोज्न प्रहरी प्रधान कार्यालयले फेरि अर्को टोली मलेसिया पठाइसकेको छ । गृहमन्त्री रमेश लेखकले यसअघि जीबीको खोजी गोप्य रुपमा भइरहेको जवाफ दिएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  २ : २९ बजे

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो