रविले स्वीकारे- गोर्खा मिडियामा गलत बाटोबाट सहकारीको रकम आएको थियो « Khabarhub

रविले स्वीकारे- गोर्खा मिडियामा गलत बाटोबाट सहकारीको रकम आएको थियो


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडिया नेट्ववर्कमा गलत ढंगले सहकारी संस्थाको रकम आएको स्वीकारेका छन्।

सोमबार धनगढीमा पत्रकारहरूसँगको सम्वादका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफू प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम लगानीका रुपमा आएको स्वीकारेका हुन् ।

‘गोर्खा मिडिया लगायतका ठाउँमा गलत ढंगबाट सहकारी संस्थाको रकम आएको कुरा ठीक हो,’ उनले पत्रकारहरूलाई भने, ‘त्यो स्थापित भइसकेको कुरा हो। अनुसन्धानले पनि देखाइसकेको कुरा हो। तर, त्यो कसले गर्‍यो भन्ने कुरा अदालतमा प्रवेश गरिसकेको छ। क-कसले बदमासी गरेका थिए भन्ने अब स्पष्ट भइसकेको छ।’

सहकारीको रकम ल्याएर रवि प्रबन्ध निर्देशक र ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी) ले ग्यालेक्सी टेलिभिजन सञ्जचालन गरेका थिए ।

उक्त टेलिभिजनका लागि बुटवलको सुप्रिम सहकारी संस्था र पोखराको सूर्यदर्शन सहकारी संस्थाको करोडौँ बचत रकम अनधिकृत ढंगबाट लगानीका रुपमा भित्र्याइएको थियो ।

लामिछानेले यसअघि यसबारेमा आफूलाई थाहा नभएको जिकिर गर्दै आएका थिए । तर सोमबार धनगढीमा उनले सहकारीको रकम गोर्खा मिडिया नेट्वर्कद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनमा लगानीका रुपमा भित्रिएको कुरा अनुसन्धानबाटै पुष्टि भइसकेको जवाफ दिएका हुन् ।

तर लामिछानले प्रबन्धक निर्देशक रहेको गोर्खा मिडियामा सहकारी रकम गलत ढंगले ल्याउने काममा आफ्नो संलग्नता भने अस्वीकार गरेका छन् । उनले पत्रकारलाई जवाफ दिने क्रममा संसदीय छानबि समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आशावादी रहेको पनि बताएका छन् ।

यस प्रकरणमा अहिले नेकपा एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले पनि अनुसन्धान गरिरहेको छ । लामिछानेले उक्त समितिमा ९ घण्टा लामो बयान दिइसकेका छन् । यसबीचमा कास्की प्रहरीका अधिकृतहरू काठमाडौंमै आएर पनि उनीसँग बयान लिइरहेका छन् ।

उता उनका साझेदार एवम् गोर्खा मिडिया नेट्वर्कका अध्यक्ष जीबी राई भने मलेसियामा लुकेर बसेको भन्दै नेपाल प्रहरीको टोली उतै पुगेर खोजी गरिरहेको छ ।

नेपाल प्रहरीको टोली गोप्य रुपमा मलेसिया पुगेर पहिलो पटक खोजी गर्दा जीबी भेटिएका थिएनन् । स्रोतका अनुसार जीबीलाई खोज्न प्रहरी प्रधान कार्यालयले फेरि अर्को टोली मलेसिया पठाइसकेको छ । गृहमन्त्री रमेश लेखकले यसअघि जीबीको खोजी गोप्य रुपमा भइरहेको जवाफ दिएका थिए ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  २ : २९ बजे

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा