नवाजुदिनले भने- ‘आई एम प्राउड अफ यू मीन’ « Khabarhub

नवाजुदिनले भने- ‘आई एम प्राउड अफ यू मीन’


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्देशक मीनबहादुर भामको फिल्म ‘साम्बाला’को प्रिमियर आइतबार साँझ सम्पन्न भएको छ ।

ठमेलस्थित एक हलमा आयोजना गरिएको यस प्रिमियर शोमा आकर्षण भारतीय कलाकार नवाजुदिन सिद्दिकी र अनुराग कश्यप बने ।

नवाजुदिन र अनुराग मीनको निम्तो स्वीकार गरेर सम्बालको प्रिमियरकै लागि आएका हुन् । नवाजले यस फिल्मबारे साथीहरूबाट थाहा पाएको किस्सा सुनाए ।

छोटो मन्तव्य दिने क्रममा उनले भने, ‘कलाकार साथीहरुले नै मलाई नेपाली फिल्म सम्बाल उत्कृष्ट छ । हेरेका छौ ? भनेर सोधेका थिए । मैले छैन भनेको थिएँ । आज म यो फिल्म हेर्न उपस्थित भएको छु । आई एम प्राउड अफ यू मीन ।’

कश्यपले नेपाली फिल्मको विकासक्रमबारे आफू जानकार रहेको मन्तव्य दिएका थिए । उनले भने, ‘नेपाली फिल्मको विकासक्रम राम्रो हुँदै गएको छ ।’

प्रिमियरमा राजनीतिज्ञ, कलाकार र फिल्म मेकरहरुको उपस्थिति थियो । एमाले नेता प्रदीप ज्ञवाली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वशिक्षामन्त्री सुमाना श्रेष्ठ, वरिष्ठ कलाकार नीर शाह, नायक दयाहाङ राईलगायत उपस्थिति थिए ।

फिल्मले बहुपतिप्रथा रहेको हिमाली भेगकी गर्भवती महिलाले व्यापारका लागि ल्हासा जाँदा हराएका श्रीमान् खोज्ने क्रममा उत्पन्न परिस्थितिको कथा उठान गरेको छ ।

चौहत्तरौँ बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलको प्रतिस्पर्धामा सहभागी फिल्ममा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा गुरुङ, कर्मा शाक्य लगायतको अभिनय छ । यो फिल्म भदौ २८ बाट देशभर प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : २२ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको