शेयर बजार ५५ अंकले घट्यो, कारोबार साढे ९ अर्ब  « Khabarhub

शेयर बजार ५५ अंकले घट्यो, कारोबार साढे ९ अर्ब 


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ५५.८६ अंकले घटेको छ । नेप्से २.०६ प्रतिशतले घटेर २६४६.०३ विन्दुमा पुग्दा कारोबार पनि घटेको छ ।

आज बजार बन्द हुँदासम्म ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर किनबेच भएको छ ।

प्रि–ओपन सेसनमा ०.६६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही मिनेट माथि गएको थियो । तर बजारमा पर्ख र हेरको अवस्थामा बसिरहेका लगानीकर्ता बढी भएकाले गर्दा क्रेता भन्दा पनि बजारमा बिक्रेता हाबी भए । निरन्तर ओरालो गतिमा गएको देखिएको छ । २ः३० सम्म बजार सम्हालिन खोजेको देखिए पनि बजार बन्द हुँदा भने नेप्सेमा भारी गिरावट आएको छ ।

सोमबार ३२७ वटा कम्पनीहरूको शेयर कारोबार हुँदा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

आज १३ वटा समूहमध्ये कुनै पनि समूहको शेयर मूल्य बढेको छैन । आज सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम २.६७ प्रतिशतले घटेर ६ हजार ७१२.३५ विन्दुमा आएको छ ।

त्यस्तै वाणिज्य बैंक २.२८ प्रतिशतले, विकास बैंक १.८७ प्रतिशतले, फाइनान्स २.२७ प्रतिशतले, हाइड्रो २.४४ प्रतिशतले, लगानी ०.३४ प्रतिशतले, जिवन बीमा २.४९ प्रतिशतले, उत्पादन तथा प्रसोधन १.२५ प्रतिशतले, लघुवित्त २.३३ प्रतिशतले, म्यूचुअल फण्ड ०.९४ प्रतिशतले,  निर्जीवन बीमा २.४५ प्रतिशतले, अन्य समूह १.८३ प्रतिशतले र ट्रेडिङ समूह ०.३५ प्रतिशतले घटेको छ ।

आज दिनभरमा १ लाख ११ हजार ९८६ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : १४ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने