शेयर बजार ५५ अंकले घट्यो, कारोबार साढे ९ अर्ब  « Khabarhub

शेयर बजार ५५ अंकले घट्यो, कारोबार साढे ९ अर्ब 


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ५५.८६ अंकले घटेको छ । नेप्से २.०६ प्रतिशतले घटेर २६४६.०३ विन्दुमा पुग्दा कारोबार पनि घटेको छ ।

आज बजार बन्द हुँदासम्म ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर किनबेच भएको छ ।

प्रि–ओपन सेसनमा ०.६६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही मिनेट माथि गएको थियो । तर बजारमा पर्ख र हेरको अवस्थामा बसिरहेका लगानीकर्ता बढी भएकाले गर्दा क्रेता भन्दा पनि बजारमा बिक्रेता हाबी भए । निरन्तर ओरालो गतिमा गएको देखिएको छ । २ः३० सम्म बजार सम्हालिन खोजेको देखिए पनि बजार बन्द हुँदा भने नेप्सेमा भारी गिरावट आएको छ ।

सोमबार ३२७ वटा कम्पनीहरूको शेयर कारोबार हुँदा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

आज १३ वटा समूहमध्ये कुनै पनि समूहको शेयर मूल्य बढेको छैन । आज सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम २.६७ प्रतिशतले घटेर ६ हजार ७१२.३५ विन्दुमा आएको छ ।

त्यस्तै वाणिज्य बैंक २.२८ प्रतिशतले, विकास बैंक १.८७ प्रतिशतले, फाइनान्स २.२७ प्रतिशतले, हाइड्रो २.४४ प्रतिशतले, लगानी ०.३४ प्रतिशतले, जिवन बीमा २.४९ प्रतिशतले, उत्पादन तथा प्रसोधन १.२५ प्रतिशतले, लघुवित्त २.३३ प्रतिशतले, म्यूचुअल फण्ड ०.९४ प्रतिशतले,  निर्जीवन बीमा २.४५ प्रतिशतले, अन्य समूह १.८३ प्रतिशतले र ट्रेडिङ समूह ०.३५ प्रतिशतले घटेको छ ।

आज दिनभरमा १ लाख ११ हजार ९८६ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : १४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार