एक दिन जेल बसेका कांग्रेस सांसद केसी एक लाख नौ हजार तिरेर रिहा | Khabarhub Khabarhub

एक दिन जेल बसेका कांग्रेस सांसद केसी एक लाख नौ हजार तिरेर रिहा


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् । सोमबार केसी कानुनअनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएका हुन् ।

उनले फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रकम तिरेर रिहा भएका हुन् ।

फौजदारी अपराध संहिता २०७४ अनुसार एकबर्षसम्मको कैद सजायमा १ दिन बराबरको ३ सय रुपैयाँका दरले रकम भुक्तानी गरेमा रिहा हुन सक्ने प्रावधान छ ।

किर्ते मुद्दामा दोषी ठहर भएका सांसद केसी आइतबार पूर्वी रूकुम जिल्ला अदालतमा हाजिर भएपछि कारागार चलान गर्न आदेश भएको थियो ।

साविक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।

अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । उनी त्यति बेलादेखि नै फरारको सूचीमा थिए ।

नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : ३४ बजे

बाँकेमा धान उत्पादनमा वृद्धि

राँझा – बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल

 पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतंकवादी

 एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग

देशमा आर्थिक–सामाजिक विकास हुँदैछ : प्रधानमन्त्री

सुनसरी – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको

टुँडिखेलमा उँधौली साकेला (तस्बिरहरू)

काठमाडौं – प्रकृति पुजारी भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो