समाचार

संसदमा रास्वपाको प्रश्न : उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ?

By खबरहब

September 09, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कांग्रेस उपसभापति धनराज गुरुङबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा  परेको उजुरीबारे संसदमा प्रश्न गरेका छन् ।

सोमबार भएको प्रतिनिधि सभा बैठकमा पराजुलीले प्रश्न उठाएका हुन् । उनले उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? भन्दै कांग्रेस सांसदहरूतर्फ हेरेर प्रश्न गरेका हुन ।

‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनले भने, ‘उजुरी त अन्तिम सत्य होइन उजुरी नै नपर्दा प्रमाण नै नहुँदा रास्वपाका सभापतिलाई सदनमा के–के सम्म गरियो संसारले देखेको छ । तर, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको १५ करोड हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराउनुभएको छ । यो विषयमा के हुँदै छ ?’

पराजुलीले धनराजले नक्कली डिभोर्स गरेको पनि आरोप लगाएका छन् ।