दुवै प्रहरीसम्बन्धी विधेयक चाँडै मन्त्रिपरिषद्‍मा लैजान्छु : गृहमन्त्री « Khabarhub

दुवै प्रहरीसम्बन्धी विधेयक चाँडै मन्त्रिपरिषद्‍मा लैजान्छु : गृहमन्त्री


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पारेका छन्  ।

उनले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई गृह मन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरेका थिए । आइतबार नै गृहमन्त्री लेखकले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कानुनमा संशोधन विधेयकमाथि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै सङ्गठनका प्रमुखसहित छलफल भएको थियो ।

बालुवाटारमा नयाँ कानुन निर्माण गर्ने विधेयकबारे सकारात्मक र परिणाममुखी छलफल भएको गृहमन्त्री लेखकले बताए । मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकको मस्यौदा राय–परामर्शका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।

नेपाल प्रहरीको विधेयकको मस्यौदा दुई साताअघि तथा सशस्त्र प्रहरी बलको विधेयकको मस्यौदा बिहीबार पठाएको उनले जानकारी दिए ।

गत साउन तेस्रो साता नै प्रहरी प्रधान कार्यालयमा प्रहरीसम्बन्धी विधेयकको मस्यौदा टुङ्ग्याउनु अघि गृहमन्त्री लेखकले प्रहरीका उच्च अधिकारीसँग राय लिएका थिए ।

उनले विधेयकको मस्यौदा तयार गर्दा नेपाल प्रहरीका पूर्व प्रमुखहरूको पनि राय–सुझाव लिएका थिए। यस्तै सशस्त्र प्रहरी बलको विधेयकको मस्यौदा टुङ्गो लगाउनुअघि गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी बलको मुख्यालय पुगेर उच्च अधिकारीसँग राय सुझाव लिएका थिए ।

‘चाँडै नै प्रहरी ऐनलाई संसदमा लैजाने तयारी छ’, गृहमन्त्री लेखकले भने । अर्थ मन्त्रालयबाट सहमति आएपछि चाँडै कानुन मन्त्रालय पठाउने तथा मन्त्रिपरिषद्मा लैजाने उनले जानकारी दिए।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ५ : १८ बजे

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रबार

साफ महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा राजनीतिक दलका नेताहरुसँग छलफल

काठमाडौं – संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका

आईपीएल : चेन्नईविरुद्ध गुजरातको उत्कृष्ट सुरुवात

काठमाडौं – आईपीएल २०२६ अन्तर्गतको ६६औँ खेलमा गुजरात टाइटन्स र

जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

पाल्पा – जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई