सत्तारुढ दलका नेताको बैठक : न्यनूतम साझा कार्यक्रम टुंगो लगाइँदै « Khabarhub

सत्तारुढ दलका नेताको बैठक : न्यनूतम साझा कार्यक्रम टुंगो लगाइँदै


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार दलका शीर्ष नेताहरूसहितको प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठकमा सरकारमा सहभागी सबै दल उपस्थित भएका छन् ।

सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि सरकारले न्यूनतम साझा कार्यक्रम नबनाएको भन्दै आलोचना भइरहेका बेला सत्तारुढ दलहरूले छलफलबाट न्यूनतम् साझा कार्यक्रमबारे निर्णय गर्ने बुझिएको छ ।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच न्यूनतम् साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, डा. प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भइसकेको छ ।

आजको बैठकले आमजनतामा रहेको निराशा चिर्न सरकारका कामलाई प्रभावकारी बनाउने विषयमासमेत छलफल गर्ने बताइएको छ ।

यो बैठकमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूणबहादुर खड्का, एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल, महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् ।

यस्तै, श्रम मन्त्री शरतसिंह भण्डारी, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, एमाले प्रमुख सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे उपस्थित छन् ।

त्यसैगरी आमजनता पार्टीका सांसद अब्दुल खान पनि बैठकमा सहभागी भएका छन् । तर सरकारलाई समर्थन जनाएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भने बैठकमा सहभागी छैनन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ५ : ०२ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई