नेपाल विश्वविद्यालय विधेयक पारित « Khabarhub

नेपाल विश्वविद्यालय विधेयक पारित


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्  । उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

त्यसअघि बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल भएको थियो ।

छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै शिक्षा मन्त्री भट्टराईले सूचना प्रविधिको विकाशसँगै मौलिक विषयको संरक्षण गर्दै गुणात्मक शिक्षा दिनका लागि काठमाडौं बाहिर रहने गरी विश्वविद्यालय स्थापना गर्ने गरी प्रस्ताव गरिएको बताइन् । उनले दक्ष जनशक्ति उत्पादनका लागि उत्कृष्ट प्रायोगिक केन्द्र समेत स्थापनका लागि प्रस्ताव गरिएको जानकारी दिइन् ।

उच्च शिक्षा अध्ययन तथा अनुसन्धानलाई गुणस्तरीय, जीवनोपयोगी, नवप्रवर्तनकारी तथा समयसापेक्ष बनाउन आवश्यक रहेको भन्दै सरकारले विधेयक ल्याएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ५ : २१ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख