नेपाल विश्वविद्यालय विधेयक पारित « Khabarhub

नेपाल विश्वविद्यालय विधेयक पारित


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्  । उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

त्यसअघि बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल भएको थियो ।

छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै शिक्षा मन्त्री भट्टराईले सूचना प्रविधिको विकाशसँगै मौलिक विषयको संरक्षण गर्दै गुणात्मक शिक्षा दिनका लागि काठमाडौं बाहिर रहने गरी विश्वविद्यालय स्थापना गर्ने गरी प्रस्ताव गरिएको बताइन् । उनले दक्ष जनशक्ति उत्पादनका लागि उत्कृष्ट प्रायोगिक केन्द्र समेत स्थापनका लागि प्रस्ताव गरिएको जानकारी दिइन् ।

उच्च शिक्षा अध्ययन तथा अनुसन्धानलाई गुणस्तरीय, जीवनोपयोगी, नवप्रवर्तनकारी तथा समयसापेक्ष बनाउन आवश्यक रहेको भन्दै सरकारले विधेयक ल्याएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ५ : २१ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण