भियतनाममा आँधीका कारण ५९ जनाको मृत्यु « Khabarhub

भियतनाममा आँधीका कारण ५९ जनाको मृत्यु


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भियतनाम– भियतनाममा वेगवान् चक्रवात यागीका कारण कम्तीमा ५९ जनाको मृत्यु भएको छ । चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पुर्‍याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधी शुक्रबार भियतनाममा अवतरण गरेपछि आएको बाढी, पहिरो र डुबानका कारण ५० जनाको मृत्यु भएको भियतनामी सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ । काओ बङ्ग प्रान्तमा वर्षापछि आएको पहिरोले सोमबार २० जना सवार बसलाई बगाएको छ ।

फु थो प्रान्तमा सोमबार जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ। पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेका थिए जसमा १३ जना वेपत्ता भएको र नदीमा फसेका केहीलाई उद्धार गरिएको छ ।

यागी भियतनाममा १४९ किलोमिटर प्रतिघण्टाको गतिको साथ अवतरण गरेका थियो । देशको मौसम विज्ञान विभागले अझै पनि वर्षाले बाढी र पहिरो निम्त्याउन सक्ने चेतावनी जारी गरेको छ ।

आँधीपछि परेको बर्षाले आएकोे बाढी र पहिरोको कारण क्वाङ निन्ह र हाइफोङ प्रान्तमा कम्तीका ३० लाख मानिसहरू बिजुलीविहीन भएका छन् ।

बढी प्रभावित हाइफोङ क्षेत्रका लागि ४६ लाख अमेरिकी डलरको सहयोग तथा राहत प्याकेज स्वीकृत गरेको छ ।

अर्थ अब्जरभेटरी अफ सिङ्गापुर’का निर्देशक बेन्जामिन होर्टनका अनुसार यागी जस्ता भयानक आँधीहरू जलवायु परिवर्तनका कारण बलियो हुँदै गएको तथा तातो समुद्री पानीले आँधीबेहरीलाई थप ऊर्जा दिँदा हावाको गति बढ्ने र भारी वर्षा हुने क्रम बढेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ५ : ३९ बजे

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि