नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, कम्तीमा ५२ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, कम्तीमा ५२ जनाको मृत्यु


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

लागोस– उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईबस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्याङ्कर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको आपत्कालीन उद्धारका लागि काम गर्ने एक निकायले सोमबार जनाएको छ।

नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा) का प्रवक्ता इब्राहिम हुसेनीले घटनाबारे एएफपीसँग भने, ‘आइतबार बिहान भएको दुर्घटना र विस्फोटपछि मृतकको सामूहिक अन्त्येष्टि गरिएको छ ।’

‘पीएमएस (ईन्धन) लोड गरिएको पेट्रोल ट्याङ्कर यात्रु र गाईबस्तु बोकेको ट्रेलर ट्रकसँग ठोक्किँदा यो घटना भएको हो,’ सेमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त दुर्घटनामा अन्य दुई सवारी साधन, एउटा क्रेन र एउटा पिकअप भ्यान पनि दुर्घटनाग्रस्त भएका छन् ।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा इन्धन ट्याङ्कर विस्फोट हुँदा पटक पटक ठूलो सङ्ख्यामा मानवीय हताहत हुने गरेको छ । इन्धन ट्याङ्करको दुर्घटनापछि स्थानीयले जोखिम लिई चुहिएको इन्धन चोर्ने प्रयास गर्दा आगलागी हुने र यसबाट ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको पाइन्छ ।

सडकको खराब अवस्था, पुराना सवारी साधन र चालकको लापरबाहीका कारण अफ्रिकामा यस्ता दुर्घटना हुने गरेको पाइन्छ ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ५ : ४७ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई