धनराजबारे रास्वपाको जिकिर- सहकारीको बचत हिनामिना लुकाउन सम्बन्ध विच्छेद गरियो « Khabarhub

धनराजबारे रास्वपाको जिकिर- सहकारीको बचत हिनामिना लुकाउन सम्बन्ध विच्छेद गरियो


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ जोडिएको सहकारीको बचत हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रश्न उठाएको छ।

रास्वपाबाट प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले उपसभापति गुरुङ सहकारी ठगीमा मुछिएको भन्दै संसद्को ध्यानाकार्षण गराउने क्रममा डिभोर्सबारे पनि प्रश्न उठाएका हुन् ।

पूर्वकानुन मन्त्रीसमेत रहेका गुरुङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको बताउँदै पराजुलीले उजुरी नहुँदा पनि रास्वपा सभापति लामिछानेलाई सदनमा गरिएको व्यवहार सम्झाए ।

‘मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफने संस्थाको करिब १५ करोड रकम हिनामिना गरेकोमा माननीय धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गराउनु भएको रहेछ’, उनले भने, ‘माननीय धनराज गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन भनेर म कांग्रेसका अरू माननीयहरूलाई प्रश्न गर्न चाहन्छु ’

सहकारीको ठगी लुकाउन धनराजले सम्बन्धविच्छेदसमेत गरेको कुरा बाहिएको पराजुलीले दाबी गरे।

‘सहकारी ठगी छानबिनको माग गर्दै अब नेपाली कांग्रेसका माननीयज्यूहरूले संसद्को रोस्ट्रम र वेल घेराउ गर्नुहुन्छ कि गर्नुहुँदैन ? यसमा पनि दोहोरो मापदण्ड अपनाउने हो ?’ पराजुलीले सोधे ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ६ : ४५ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट