ब्रेकिङ स्टोरी

कोरोना बीमा भुक्तानीबारेको रिटलाई अग्राधिकार, कारण देखाऊ आदेश

By खबरहब

September 09, 2024

काठमाडौं- कोरोना बीमाको रकम माग गर्दै बीमा कम्पनीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटले अग्राधिकार पाएको छ ।

सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले यस रिटमा कारण देखाऊ आदेश जारी गर्दै यस मुद्दालाई अग्राधिकार दिएको छ ।

निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र बिमा प्राधिकरणलाई विपक्षी बनाएर आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो।

सरकारले रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन् ।

सरकारले कोरोना बीमा बापतको १० अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेका कारण लाखौं बीमितले तीन बर्षदेखि भुक्तानी पाएका छैनन् ।