सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्नेछु : ऊर्जामन्त्री खड्का « Khabarhub

सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्नेछु : ऊर्जामन्त्री खड्का


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्ने बताएका छन् ।

नेपाली कांग्रेस सङ्खुवासभा जिल्ला कार्यसमितिले आज खाँदबारीमा आयोजना गरेको एक सय ११औँ बिपी जयन्ती तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको सम्मानमा आयोजित कार्यक्रममा उनले सङ्खुवासभाभित्र रहेका स्रोतसाधनको उच्चतम प्रयोगमार्फत शिर उच्च हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री खड्काले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनताको आर्थिक विकास र देशको समृद्धिका क्षेत्रमा काम गर्ने बताए । ‘देशको आवश्यकताअनुसार संविधान संशोधन गर्नेगरी दुई दल मिलेर सरकार बनेको छ, यो सरकारले नागरिकमैत्री सेवा प्रवाह, भ्रष्टाचारको अन्त्य, सुशासनलगायत क्षेत्रमा काम गर्नेछ’, उनले भने ।

मन्त्री खड्काले नयाँ सरकार गठनपछि मुलुकको आर्थिक, पर्यटकीय गतिविधिमा परिवर्तन आएको बताउँदै अब प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गरेर देशको विकास गर्ने उल्लेख गरे ।

नेपाली कांग्रेसका नेतासमेत रहेका मन्त्री खड्काले जनतामैत्री सेवा प्रवाहमा केन्द्रित हुन पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । ‘जनताले हाम्रा कामको मूल्याङ्कन गरिरहनुभएको छ, तसर्थ उहाँहरूको सहजता र सुविधाका लागि काम गर्नुहोस्’, उनले भने।

ऊर्जामन्त्री खड्काले आगामी १० वर्षभित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताउँदै उक्त लक्ष्यलाई पूरा गर्न सरकार लागेको उल्लेख गरे । उनले सङ्खुवासभामा मात्र झन्डै पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने नदी रहेकाले यसको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिए ।

ऊर्जामन्त्री खड्काले आगामी दुई वर्षभित्र सङ्खुवासभासहित देशभर विद्युतीकरण गरिसक्ने बताए । उनले यहाँको स्रोतसाधन अधिकतम प्रयोग गरिने उल्लेख गरे ।

कांग्रेस सङ्खुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौलीले ऊर्जा, जलस्रोत र सिँचाइमार्फत देशको विकासमा लाग्नुपर्ने बताए । उनले सङ्खुवासभामा भएको स्रोतसाधनको उच्चतम प्रयोग गरी समृद्ध सङ्खुवासभा निर्माणमा लाग्ने उल्लेख गरे ।

कांग्रेस सङ्खुवासभाका पूर्वसभापति दीपनकुमार श्रेष्ठले नेपाली जनतालाई रैतीबाट नागरिक बनाउन बिपी कोइरालाको ठूलो योगदान रहेको स्मरण गरे । ‘बिपी कोइराला भन्नुहुन्थ्यो गाउँको विकास भए मात्र देशको विकास हुन्छ, उहाँको विचारलाई पूरा गर्न कांग्रेस लाग्नुपर्छ’, उनले भने  ।

कांग्रेस सङ्खुवासभाका पूर्वसभापति जनक थापाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विश्वेश्वरप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले सङ्खुवासभाले पहिलो पटक निर्वाचित मन्त्री पाएकाले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा कांग्रेस सङ्खुवासभाका उपसभापति रामकुमार जिमी, सचिव टकमान घले, पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई, कांंग्रेस महाधिवेशन प्रतिनिधि निर्मला तामाङ बस्नेत, महासमिति सदस्य दीपककुमार लिम्बूलगायतले जिल्लाको जलस्रोतलाई अत्यधिक उपयोग गरी यस क्षेत्रको विकासमा लाग्न मन्त्रीसँग अनुरोध गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस सङ्खुवासभाले जिल्लाको समस्या सम्बोधनका लागि मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको थियो । निर्वाचित मन्त्री खड्कालाई कांग्रेस जिल्ला कार्यसमिति र जिल्लास्तरीय भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिले सम्मान गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ७ : २० बजे

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु छियाङ नियुक्त

काठमाडौं– लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा

जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पक्राउ

रोल्पा– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई बिहीबार बिहान

आँबुखैरेनी–मुग्लिन सडक पहिरो पन्छाएपछि सुचारु 

दमौली– आँबुखैरेनी–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा

साझा प्रकाशनलाई पूर्ववत् अवस्थामा ल्याउन माग

काठमाडौं– एक सय १३ वर्ष पुरानो संस्था साझा प्रकाशनलाई पूर्ववत्

उजाड सुकुम्वासी बस्तीमा कवाडी संकलकलाई ‘दशैँ’

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनार लगायत क्षेत्रमा सरकारी जग्गा