सरकार र संसद्‍लाई प्रभावकारी बनाउने सत्ता गठबन्धनको निर्णय « Khabarhub

सरकार र संसद्‍लाई प्रभावकारी बनाउने सत्ता गठबन्धनको निर्णय

सात बुँदेका आधारमा न्यूनतम साझा कार्यक्रम ल्याउने


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार दलका शीर्ष नेताहरूसहितको बैठकले सरकार र संसद् दुवैलाई प्रभावकारी बनाएर लैजाने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा करिब २ घण्टा बसेको बैठकले सरकार र सदन दुवैलाई प्रभावकारी बनाएर लैजाने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि सरकारले न्यूनतम साझा कार्यक्रम नबनाएको भन्दै आलोचना भइरहेका बेला सत्तारुढ दलहरूले छलफलबाट न्यूनतम् साझा कार्यक्रमबारे निर्णय गर्ने भनिएको थियो। तर आजको बैठकमा सत्तारुढ दलहरूले कुनै निर्णय गरेनन् ।

‘दुई ठूला शक्ति मिलेर सरकार बनेको अवस्थमा अरु दललाई निषेध गर्न खोजिएको भन्ने होइन । अरुलाई निषेध गर्ने कुरा छैन । आवश्यकताका आधारमा हामी साझा भावनाबाट अघि बढ्ने गरी छलफलमा छौँ’, बर्तौलाले भने, ‘एकीकृत दृष्टिकोणबाट सरकार अघि बढ्छ । संविधान निर्माणका लागि सर्वस्वीकार्य विधि प्रयोग हुन्छ।’

उनले संसद्‍ र सरकारको प्रभावकारिता आजको बैठकमा मुख्य विषय बनेको बताए । ‘सरकारलाई चलायमान बनाउने कुरा भएको छ। संसद्‍मा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउने कुरा भएको छ। ४० वटामा १६ वटा विधेयक दर्ता भएका छन् अझै अरु विधेयक विचाराधीन छन्’, उनले भने, ‘हाम्रो भूमिका संसद्‍मा र संसदीय समितिमा प्रभावकारी बनाउने गरी कुरा भएको छ। समग्रमा सरकार र संसद्‍को प्रभावकारिता बढाउनेबारे कुरा भएको छ।’

बर्तौलाले बैठकमा सरकारबारे प्रश्न उठाउने, घेराबन्दी सिर्जना गर्न खोज्ने, जनतामा भ्रम फैल्याउने गरी भइरहेको कोसिस चिर्ने गरी छलफल भएको बताए ।

‘नेपाललाई बंगलादेश बनाउन कुराको प्रतिकार गर्नेबारेमा छलफल भएको छ। हामी नियमित छलफल गरेर अघि बढ्छौँ । गलत तथ्यांक सम्प्रेषण गरेर मुलुकलाई अस्थिरततिर लान पाइँदैन’, उनले भने, ‘न्यूनतम साझा कार्यक्रम पनि हामी सबै साझेदार दलहरूबीच छलफल गरेर जान्छौँ । सबै दलका भावना साझा कार्यक्रममा हामी समेट्छौँ ।’

त्यसैगरी कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले न्यूनतम साझा कार्यक्रम सात बुँदे सहमतिकै आधारमा आउने बताए ।

‘सात बुँदेकै जगमा साझा कार्यक्रम आउँछन्। त्यसमा धेरै कुरा छन्’, उनलेभने, ‘यसलाई अझ विस्तृत रुपमा लैजाने गरी सरकार लागेको छ । सरकारले यसलाई टुंग्याउँछ । कार्यदलमा एमाले र कांग्रेस मात्रै छन् । तर हामी अन्य दलहरूलाई पनि समावेश गरेर लैजान्छौँ । सात बुँदे सहमतिकै आधारमा सरकार चलाउने हो । आधारभूत बुँदा सात बुँदे हुन्। त्यसबाट अहिले कांग्रेस दायाँबायाँ हुँदैन ।’

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ७ : ५६ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक