नेपाल एयरलाइन्समा नीतिगत हस्तक्षेप गरेर सुधार्छु : पर्यटनमन्त्री पाण्डे « Khabarhub

नेपाल एयरलाइन्समा नीतिगत हस्तक्षेप गरेर सुधार्छु : पर्यटनमन्त्री पाण्डे


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन् ।

साेमबार नेपाल पर्यटन बाेर्डका नवनियुक्त कार्यकारी दीपकराज जाेशीकाे स्वागत कार्यक्रममा बाेल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘संस्कृति,पर्यटन र नागरिक उड्डयन तीन स्तम्भ हुन् । नेपाल एयरलाइन्स सुधारमा जान जरूरी छ। म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन। अब नीतिगत हस्तक्षेपकाे बाटाेमा लैजान चाहन्छु ।’

उनले मन्त्रालयबारे सबै बुझिसकेकाले रिफर्मकाे बाटाेमा अघि बढ्ने बताए। मन्त्री पाण्डेले मन्त्रालयमा प्लेन चलाइदिन भनेर डेलिगेसन आउने गरेका बताए ।

प्लेन नचल्दा देशभरका अधिकांश एयरपोर्टहरू रित्ता भएकाे दृष्टान्त उनले सुनाए। उनले नागरिक उड्डयन क्षेत्र सुरक्षित हुने कुरामा कुनै द्विविधा नलिन विश्वास दिलाएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ८ : ०३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया