अन्तर्राष्ट्रिय

सिंगापुरका लगानीकर्ताले भारतमा ५ लाख करोड भारु लगानी गर्ने

By खबरहब

September 09, 2024

काठमाडौं – सिंगापुरका लगानीकर्ताहरुले भारतमा ६० अर्ब अमेरिकी डलर बराबरकोलगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हालै प्रधानमन्त्री नरेन्द्र मोदीको सिंगापुर भ्रमणका क्रममा सिंगापुरका लगानीकर्ताले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सिंगापुर भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले त्यहाँका लगानीकर्ता, उद्यमी, व्यवसायी तथा ठूला कम्पनीका प्रमुख कार्यकारीहरुसँग छलफल गरेका थिए ।

मोदीले भारतमालगानीको अवसरलाई हेरेर आफ्नो उपस्थितीलाई थप बलियो बनाउन उनीहरुलाई आग्रह गरेका थिए ।

सो क्रममा उनीहरुले पूर्वाधार, उत्पादन, ऊर्जा, दिगो विकास जस्ता क्षेत्रमा भारतमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । भारतमा लगानी गर्न सिंगापुरका लगानी कर्तालाई थप सहज बनाउन सिंगापुरमा लगानी कार्यालय स्थापना गर्ने घोषणा गरिसकेका छन् ।