इजरायलको आक्रमणले विकराल बन्दै गाजाको अवस्था « Khabarhub

इजरायलको आक्रमणले विकराल बन्दै गाजाको अवस्था


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

लेबनान – इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ। मंगलबार भएको आक्रमणमा चार आवास गृह नास भएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानले गाजाले जस्तै क्षति सहनु पर्ने चेतावनी दिएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार मात्र ३६ जनाको ज्यान जानुका साथै १५० जना घाइते भएका छन्।

इजरायली डिफेन्स फोर्सले उत्तरी गाजामा रहेको कामल आदवान, इन्डोनेसियन र अल अदवा अस्पतालका स्वास्थ्यकर्मी तथा बिरामीलाई २४ घण्टामा सो अस्पताल छाड्न भनेका छन्। उत्तरी गाँजामा भएको पछिल्लो आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ।,

गाजामा गएको १ वर्षमा भएको आक्रमणमा कम्तीमा ४१ हजार ९६५ जनाको ज्यान गएको छ। यसैगरी ९७५९० जनाको ज्यान गएको जनाइएको छ।

इजरायलले नेसुरायत र बेरुजीको शरणार्थी शिविरमा पनि आक्रमण जारी राखेको छ। नुरेतको शिविरमा रहेको अल जामल परिवारको घरमा इजरायलको आक्रमणबाट ध्वस्त भएको घरबाट तीन जनाको शव निकालिएको थियो।

यसरी मारिनेमा तीन वर्षीय बालकको शव पनि समावेश थियो। बेरुजीमा रहेको अल फलिदी शिविरमा रहेको एक निवासमा भएको आक्रमण पछि चार जनाको शव निकालिएको छ। यसमा पनि एक बालक समेत छन्।

मंगलबार मात्र यो दुई शरणार्थी शिविरमा गरी कुल २५ जनाको ज्यान गएको हो। यस अघि इजरायली आक्रमणबाट उत्तरी गाजाको सुयजामा एकै परिवारका ९ जनाको ज्यान गएको थियो।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ८ : २५ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई