भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने आवाज « Khabarhub

भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने आवाज


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने संयुक्त राष्ट्रसंघमा आवाज चर्कँदै गएको छ ।

सुरक्षा परिषदमा भारतलाई स्थायी सदस्यता प्रदान गर्न फ्रान्स, रुस, अमेरिका, पोर्चुगल, बेलायतजस्ता मुलुकका नेताहरुले समर्थन जनाइसकेका छन् ।

हालै अफ्रिकी मुलुक अङ्गोलाका राष्ट्रपति जोआओ लोरेन्सोले पनि सुरक्षा परिषदमा सुधार आवश्यक रहेको जनाएका छन् । भिडियो सन्देश जारी गर्दै राष्ट्रपति लोरेन्सोले अफ्रिका, ल्याटिन अमेरिका, मध्यपूर्व र भारतीय उपमहाद्विपका मुलुकहरुको प्रतिनिधित्व बढ्नुपर्ने उल्लेख गरेका छन् ।

त्यसैगरी, ल्याटिन अमेरिकी मुलुक चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले पनि सुरक्षा परिषदमा सुधार आवश्यक रहेको बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले परिषदमा ल्याटिन अमेरिकाबाट ब्राजिल, भारत र अफ्रिकी महादेशबाट एउटा मुलुकको प्रतिनिधित्व हुनुपर्ने उल्लेख गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँले पनि सुरक्षा परिषदको विस्तारमा आफ्नो समर्थन रहने जनाएका छन् । उनले जर्मनी, जापान, भारत र ब्राजिल स्थायी सदस्य हुनुपर्ने उल्लेख गरे ।

रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले पनि ब्राजिल र भारत सुरक्षा परिषदको सदस्यका लागि दाबेदार रहेको जनाएका छन् ।

त्यसैगरी, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि विकासशील मुलुकहरुको प्रतिनिधित्व बढाउन सुरक्षा परिषदको सुधार आवश्यक रहेको जनाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १० : ४८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर