पाकिस्तानका वाणिज्य बैंकले अवैधानिक ठूलो मुनाफा आर्जन गरेको खुलासा « Khabarhub

पाकिस्तानका वाणिज्य बैंकले अवैधानिक ठूलो मुनाफा आर्जन गरेको खुलासा


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२२ मा पाकिस्तानका वाणिज्य बैंकहरुले अवैधानिक रुपमा ठूलो मुनाफा आर्जन गरेको पाइएको छ ।

पाकिस्तानी सिनेटको आर्थिक मामिलासम्बन्धी स्थायी समितिले यस्तो निष्कर्ष निकालेको हो ।

सन् २०२२ मा पाकिस्तानको ढुकुटीमा विदेशी मुद्राका सञ्चिती न्यून भएका बेला वाणिज्य बैंकहरुले आयात गर्दा आवश्यक पर्ने ‘लेटर अफ क्रेडिट’ (एलओसी) मा बढी रकम देखाएर आर्थिक हिनामिना गरेको भेटिएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार त्यसबेला पाकिस्तानबाट अवैध रुपमा ६५ अर्ब पाकिस्तानी रुपैयाँ बाहिरिएको थियो ।

अवैध रुपमा ६५ अर्ब बाहिरिएको दण्डस्वरुप पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानले ती बैंकहरुलाई केबल १ अर्ब ४० करोड डलर बराबरको जरिवाना तिराएको थियो । यस विषयलाई लिएर सिनेट समितिले केन्द्रीय बैंकको भूमिकाको पनि आलोचना गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ११ : ३५ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई