धवलागिरिमा तीन महिनापछि यातायात सञ्चालन « Khabarhub

धवलागिरिमा तीन महिनापछि यातायात सञ्चालन


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका सडकहरुमा तीन महिनापछि यातायात सञ्चालन हुन थालेका छन् ।

सात वटा वडा रहेको धवलागिरिको गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरवाङ–धारापानी– ताकम–मुना बाहेक अन्य सडकहरु बाढी र पहिराका कारण गत असार महिनाको अन्तिम सातादेखि अवरुद्ध भएका थिए ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बर्खा रोकिएपछि डोजर परिचालन गरेर पहिरो पन्छाएर सबै सडकमा सहज रुपमा यातायातका साधानको व्यवस्था मिलाएको जानकारी दिए ।

सडकमा सवारी साधन सञ्चालन भएपछि स्थानीयबासीलाई आवतजावतका साथै निर्माण, दैनिक उपभोग्य सामग्री ढुवानी, कृषि तथा पशुजन्य बस्तु बिक्रीका लागि बजार पठाउन सहज भएको धवलागिरि गाउँपालिका–२ लुलाङका वडा अध्यक्ष अकप्रसाद बिकले बताए ।

सडक मर्मत भएपछि यातायात कम्पनीहरुले बस, जिप सञ्चालन गरेका छन् । इन्धनको भाउ घटेकाले भाडादर पनि समायोजन गरिएको छ । लुलाङ, खोरीया, लमजुङ, मुना, फलीयागाउँ, दर, मुदी, नाउरा, खिवाङ, मलम्पार, मल्कवाङ, बुल, मराङ, राम्चे, आरवाङ, ताकम, धारापानी, शिवाङ, मच्छिम, हिलापोखरी काफलडाडाको बस्तिका सडक मर्मत गरिएको हो ।

धवलागिरि गाउँपालिकाको वडा नम्बर –१ गुर्जा बाहेकका वडा र सबैजसो बस्तिहरुमा सडक सुविधा पुगेको छ । धवलागिरि–२ लुलाङदेखि गुर्जा जोड्ने सडक आयोजना निर्माणाधीन रहेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ११ : ४१ बजे

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक