विश्व कराते च्याम्पियनसिपमा मनिष कार्की र दावा शेर्पा छनोट « Khabarhub

विश्व कराते च्याम्पियनसिपमा मनिष कार्की र दावा शेर्पा छनोट


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनिष कार्की र दावा शेर्पा चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पियनसिपका लागि  छनोट भएका छन् ।

नेपाल क्योकुसिन कराते आइकेओ संघले मंगलबार एक दिने छनोट प्रतियोगिता आयोजना गरेको थियो । पुरुष खुला तौलसमूहमा ओखल्ढुङ्गाका मनिष छनोट भए । उनले फाइनलमा ललितपुरका गौरव आचार्यलाई पराजित गरे ।

पुरुष एकल कातामा शीर्ष स्थानमा रहँदै सोलुखुम्बुका दावा शेर्पा छानिए । प्रतियोगिता अर्को वर्षको फेब्रुअरी २२ देखि २५ सम्म जापानमा हुनेछ ।

छनोट प्रतियोगिताको मुख्य जुरीमा दमन बस्नेत, मुख्य रेफ्रीमा प्रमुख प्रशिक्षक रोशन कपाली तथा सहायक रेफ्रीमा नन्दकुमार किराँती, जिनेश डंगोल, धनबहादुर हाङदुङ र प्रवेश किराँती थिए ।

खुला तौलसमूहमा १६ तथा कातामा १४ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष दमन बस्नेतले जानकारी दिए । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १२ : ४४ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका