विश्व कराते च्याम्पियनसिपमा मनिष कार्की र दावा शेर्पा छनोट | Khabarhub Khabarhub

विश्व कराते च्याम्पियनसिपमा मनिष कार्की र दावा शेर्पा छनोट


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मनिष कार्की र दावा शेर्पा चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पियनसिपका लागि  छनोट भएका छन् ।

नेपाल क्योकुसिन कराते आइकेओ संघले मंगलबार एक दिने छनोट प्रतियोगिता आयोजना गरेको थियो । पुरुष खुला तौलसमूहमा ओखल्ढुङ्गाका मनिष छनोट भए । उनले फाइनलमा ललितपुरका गौरव आचार्यलाई पराजित गरे ।

पुरुष एकल कातामा शीर्ष स्थानमा रहँदै सोलुखुम्बुका दावा शेर्पा छानिए । प्रतियोगिता अर्को वर्षको फेब्रुअरी २२ देखि २५ सम्म जापानमा हुनेछ ।

छनोट प्रतियोगिताको मुख्य जुरीमा दमन बस्नेत, मुख्य रेफ्रीमा प्रमुख प्रशिक्षक रोशन कपाली तथा सहायक रेफ्रीमा नन्दकुमार किराँती, जिनेश डंगोल, धनबहादुर हाङदुङ र प्रवेश किराँती थिए ।

खुला तौलसमूहमा १६ तथा कातामा १४ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष दमन बस्नेतले जानकारी दिए । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १२ : ४४ बजे

सातामा दुई भाग ‘सकस’ ल्याउँदै राजु मास्टर

काठमाडौं- पछिल्लो समयको हिटमध्ये एक सिरियल ‘सकस’ हप्तामा दुई भाग

कीर्तिपुरमा सुरु भयो उप निर्वाचनको माहोल

काठमाडौं । कीर्तिपुर नगरपालिकामा उप निर्वाचनको माहोल सुरु भएको छ

पोखरा महानगरको निर्णयमा लोकसेवाको अंकुश, एक सय २९ कर्मचारीको स्थायी नियुक्ति बदर

पोखरा- गण्डकी प्रदेश लोकसेवा आयोगले पोखरा महानगरपालिकाले स्थायी नियुक्ति दिएका

‘छठ पर्व प्रकृतिको पूजा हो, यसलाई कुनै धर्मसँग नजोडौँ’

छठ पर्वको सांस्कृतिक तथा पौराणिक महत्त्व अनेक छ । तराई,

आजका समाचार : फेरि सत्तामा फर्किए ट्रम्प, प्रधानमन्त्री ओली बिरामी र सरकार बलियो बनाउन अर्को संयन्त्र

सरकारलाई सघाउन कांग्रेस-एमालेले बनाए ८ सदस्यीय संयन्त्र सत्तारुढ दल नेकपा