न्यूयोर्कमा द्वन्द्व पत्रकारिताको एक दशकमाथि विमर्श « Khabarhub

न्यूयोर्कमा द्वन्द्व पत्रकारिताको एक दशकमाथि विमर्श


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाको न्यूयोर्कमा बुधबार पत्रकार दीर्घराज उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि विमर्श कार्यक्रम आयोजना गरियो ।

रिजउड नेपाली समाज र काठमाडौं फ्युजनको सहयोगमा सुदूरपश्चिम समाज अमेरिकाद्धारा न्यूयोर्कमा आयोजित पुस्तक विमर्श कार्यक्रममा सहभागी वक्ताहरूले प्रवासमा रहेर १० वर्षे द्वन्द्वका नमिठा अनुभवहरू साटासाट गरे । 

आगामी समयमा त्यस्तो द्वन्द्व मुलुकले कहिल्यै नभोगोस भनेर कामना गरे । कार्यक्रममा विशिष्ट अतिथि नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले पत्रकार उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमा एउटा पत्रकारले गरेको द्वन्द्वको अनुभव र मुलुकले भोगेको १० वर्षे द्वन्द्वको असरका बारेमा चित्रण गरिएको बताए ।

१० वर्षे द्वन्द्वबाट कुनै क्षेत्र पनि अछुतो रहेन, पत्रकारहरू पनि त्यसबाट प्रभावित भए, जसले आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सुसूचित गरे, राज्य र बिद्रोही पक्षलाई नागरिकका मौलिक हकको रक्षाका लागि दवाव दिए, सभापति बिष्टले भने, यो पुस्तक त्यो समयको साक्षी हो । अहिले र भावी पुस्ताका लागि यो अध्ययन गर्ने महत्वपूर्ण दस्तावेज हो ।

उनले पत्रकार उपाध्यायले पत्रकारिता र साहित्यका माध्यमबाट समाज र राष्ट्रलाई पुर्यायको योगदानको प्रशंसा गरे । 

उनले भने, सुदूर पश्चिमको धनगढीबाट पत्रकारिता गर्दै आएको उपाध्यायको पत्रकारितासँगै साहित्य र समाजसेवामा विशिष्ट योगदान कसैले बिर्सिन सक्दैन । 

उपाध्याय सुदूर पश्चिमका सवाललाई काठमाण्डौसँग मात्र नभएर संसारसँग जोड्ने सशक्त पत्रकार हुन्, बिष्टले भने, जसले द्वन्द्वमा नागरिकका बाँच्न पाउने अधिकारका लागि लडे र शान्ति प्रकृयापछि सुदूर पश्चिमको विकास र समृद्धिका लागि निरन्तर रुपमा पैरवी गरे ।

कार्यक्रमका अतिथि साहित्यकार किसन सिंह धामीले पत्रकार तथा कवि उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकसँगै कविता संग्रह आमा म आउँदैछु कविता संग्रहका बारेमा टिप्पणी गरे ।

उनका कवितामा देश छ, देश प्रेम छ, नागरिकका पीडा छन्, आमा, छोरी र बुवाप्रति कविको अनुभूति छन्, कविता पढ्ने जो सुकै उनको अनुभूति आफ्नै जस्तो लाग्छ,धामीले भने, अत्यन्त सरल र सबैले बुझ्ने भाषामा लेखिएका उनका कविता सशक्त छन् । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ३ : १९ बजे

एमालेको ७२ खुला केन्द्रीय सदस्यमा ५२.७८ प्रतिशत ब्राह्मण जातिका मात्रै

काठमाडौं– नेकपा (एमाले)को ११औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ भएको मतदानमा

जाँचबुझ आयोगको म्याद एक महिना थपियो

काठमाडौं– सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको

नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए)को केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया

चीन नेपालको असल सहयोगी, ‘एक चीन नीति’मा प्रतिबद्ध छौँ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीच

निजी क्षेत्रले प्राधिकरणसँग राख्यो विद्युत् व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव  

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत्