गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा « Khabarhub

गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति गराइएको छ । नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो । 

मङ्गलबार सुत्केरी व्यथा लागेर नगर अस्पताल आएकी विकको गर्भमा रहेको शिशुको स्वासप्रस्वासमा समस्या रहेकाले शल्यक्रिया गरिएको डा. पौडेलले जानकारी दिए । शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसअघि अस्पतालले सामान्य प्रसूति सेवा दिने गरेको थियो । बागलुङमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र धौलागिरि अस्पतालमा मात्रै शल्यक्रियामार्फत प्रसूति गराइँदै आइएको थियो ।

‘आमा सुरक्षा कार्यक्रमअन्तर्गत परिवार कल्याण महाशाखाले गत भदौ १६ गते नगर अस्पताललाई शल्यक्रियामार्फत प्रसूति गराउने अनुमति दिएको थियो’, डा पौडेलले भने। उनले भने– ‘अब यो सेवा लिन अन्यत्र जानु पर्दैन ।’ 

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले अब यस क्षेत्रका गर्भवतीलाई नगर अस्पतालमै सुरक्षित रुपमा प्रसूति गराउन आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्दै जाने बताए।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ४ : १५ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००