अमेरिकामा मिल्टन आँधीको असर « Khabarhub

अमेरिकामा मिल्टन आँधीको असर


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिनअघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा अहिले मिल्टन आँधीको असर देखिएको छ । क्याटगोरी ५ को रूपमा रहेको सो आँधी फ्लोरिडा तर्फ उन्मुख छ । 

धेरैले यो भन्दा पहिले कहिले पनि यस खालको आँधी नदेखेको बताएका छन् । २७० किलो मिटर प्रतिघण्टाको गतिको अघि बढी रहेको सो आँधीले धेरैको ज्यान लिन सक्ने चेतावनी दिइएको छ । 

फ्लोरिडाको पश्चिमी भागमा १० देखि १५ इन्चसम्मको उचाइको पानी तथा पूर्वी भागमा ८ देखि १इ इन्चसम्म बढ्ने अनुमान गरिएको छ । यो वर्षा र आँधीबाट बच्नका लागि अमेरिकाले १० देखि १५ वर्ष तयारी रहेको फ्लोरिडाका मेयर जेरी एल डेमिङ्गाले बताए । यस आँधीको शक्ति अबको ३६ घण्टामा कम हुँदै गए पनि यसले धरै स्थान ढाक्ने र यो फैलिँदो क्रममा रहने जनाइएको छ । 

फ्लोरिडाका मौसम विद्हरूले जनाए अनुसार फ्लोरिडाको टाम्पाको ४८० माइल दक्षिण पश्चिममा छ । अहिले यसको गति घटी रहेको छ । फ्लोरिडाको पुरै प्रायद्वीपमा यसले असर गर्ने छ । सबै जनालाई सतर्क हुन त्यहाँको सरकारले भनी सकेको छ । फ्लोरिडामा बसोबास गरी रहेको प्युरेटिकाका केही बासिन्दा अहिले आफ्नै स्थानमा फर्किएका छन् ।

यसै मिल्टन आँधी आउने थाहा भए पनि फ्लोरिडा सरकारले ४६०० जना कैदीलाई जेलबाट बाहिर पठाइ दिएको छ । अहिले धेरै मनोरञ्जन स्थलहरू बन्द गरिएका छन् । मंगलबार एयरलाइन्सले फ्लोरिडामा थप सेवा सञ्चालन गरे । फ्लोरिडा छाड्न चाहनेका लागि सहयोग गर्नका लागि त्यो सुविधा दिइएको थियो । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ५ : ३७ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको