विपदबाट क्षतिग्रस्त संरचना निर्माणमा दुई अर्ब ८८ करोड लाग्ने « Khabarhub

विपदबाट क्षतिग्रस्त संरचना निर्माणमा दुई अर्ब ८८ करोड लाग्ने


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान गरिएको छ। 

सहरी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै विपद्बाट भत्किएका संरचना सुधार तथा पुननिर्माण गर्न  सो लागत अनुमान गरेको जनाएको छ। मन्त्रालयकी प्रवक्ता बिनु बज्राचार्यले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा विपद्ले क्षति पुर्‍याएको जानकारी दिए। 

‘स्थानीय पूर्वाधार विभाग अन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुङ्गे पुल आंशिक क्षति र ३२ झलुङ्गे पुल पूर्णरुपमा क्षति पुगेको छ,’ उनले भने, ‘यी संरचना पूर्णरुपमा निर्माण तथा सुधार गर्न रु एक अर्ब ७७ करोड चार लाख लागत अनुमान गरिएको छ ।’

बज्राचार्यले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीमा थुपारेको माटो तथा गेग्रान निकाल्न १२ करोड ८१ लाख लागत अनुमान गरिएको जानकारी दिए। 

‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट निर्माण भएका नदी तटबन्ध, पर्खाललगायतका अन्य संरचनामा क्षति पुगेको छ,’ उनले भने, ‘यी संरचना बनाउन अनुमानित रु ७० करोड लाग्ने छ ।’

उनका अनुसार काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गत चाँगुनारायण, मध्यपुरथिमि, र सूर्यविनायक नगरपालिकामा पर्खाल भत्किएको, सूर्यविनायक नगरपालिकामा सडक भासिएको, पुलमा क्षति, धोबीखोला अन्तर्गत खाउला छेउका पर्खाल, करिडोरका बाटो तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ । ‘यी संरचना बनाउन तथा सुधार गर्न रु ११ करोड ४६ लाख लाग्ने छ’, उनले भने ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ६ : १७ बजे

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स