उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान | Khabarhub Khabarhub

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरूलाई नियुक्ति पत्र प्रदान गरेका छन् ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरूलाई नियुक्ति पत्र प्रदान गर्दै निजी क्षेत्र, विज्ञहरू र सरोकारवालासँग छलफल गरी अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउने सुझाव आयोगबाट प्राप्त हुने विश्वास व्यक्त गरे ।

 उनले उक्त सुझावलाई सरकारले कार्यान्वयन गर्ने बताए। आयोगका अध्यक्ष रामेश्वर खनालले सबै पक्षसँग परामर्श गरी सरकार, मन्त्री, सरोकारवाला र जनताले अपेक्षा गरेअनुसारको प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । आयोगका पदाधिकारीहरूले अर्थतन्त्रको समस्या, चुनौती पहिल्याइ ‘पोलिसी डिपार्चर’ गर्ने किसिमको प्रतिवेदन तयार पार्ने बताएका छन् । 

गत सोमबार सरकारले अर्थतन्त्रमा सुधारका लागि सुझाव दिन खनालको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा रामप्रसाद ज्ञवाली, अर्थविद् डा विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा कल्पना खनाल रहेको आयोग गठन गरेको थियो । आयोगको कार्यकाल छ महिनाको तोकिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ६ : २६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग