पाकिस्तानविरुद्धको इङल्याण्डका रुट र ब्रुकको शतक « Khabarhub

पाकिस्तानविरुद्धको इङल्याण्डका रुट र ब्रुकको शतक


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानविरुद्धको जारी पहिलो टेस्टमा इङल्याण्डका जो रुट र ह्यारी ब्रुकले कीर्तिमानी ब्याटिङ गरेका छन् । 

आफ्नो टेस्ट क्यारियरमा ३५औँ शतक बनाउदै जो रुटले १६८ रन बनाएर खेलिरहेका छन् ।  उनी इङ्ल्यान्डबाट सर्वाधिक टेस्ट शतक र टेस्ट रन बनाउने खेलाडी हुन् । 

त्यसैगरी उनी विश्व क्रिकेटमा धेरै शतक बनाउने सूचीमा समेत छैटौं स्थानमा उक्लिएका छन् । त्यस्तै इङल्याण्डका अर्का ब्याट्सम्यान ह्यारी ब्रुकले आक्रामक ब्याटिङ गर्दै आफ्नो छैटौं टेस्ट शतक बनाएका छन् ।  यो समाचार तयार गरुन्जेल ब्रुक १२८ रन बनाएर खेलिरहेका छन् । 

रुट र ब्रुकले अहिलेसम्म चौथो विकेटका लागि २२२ रनको साझेदारी गरेका छन् । यो समाचार तयार गरुन्जेल इङल्याण्डले यस टेस्टमा ३ विकेट गुमाएर ४७१ रन बनाएको छ र ८६ रनले पछाडि रहेको छ ।

यस अघि पाकिस्तानले आफ्नो पहिलो इनिङ्गमा ५५६ रन बनाएको थियो । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ६ : २९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर