महोत्तरीमा एक युवतीको शव भेटियो « Khabarhub

महोत्तरीमा एक युवतीको शव भेटियो


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको बर्दिवास-५ स्थित टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ । अन्दाजी २१-२२ वर्षको जस्तो देखिने पहिचान नखुलेको युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

युवतीको शवको प्रकृति हेर्दा शंका गर्ने ठाँउहरु देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी संतुलाल जैसवालले बताए । शवको पहिचानको लागि प्रहरीले खोजी कार्य अगाडि बढाएको छ । महोत्तरीमा युवती हराएको ठाउ यकिन गरी पहिचानको लागि प्रयास भईरहेका प्रहरीले जनाएको छ ।

अहिले युवतीको शवलाई पोष्टमार्टमको लागि बर्दिवास अस्पतालमा लागिएको छ ।  वडा नं ५ का वडा अध्यक्ष काहरमान स्याङवाको अनुसार उक्त युवतीको शव बिहान ७ वजे फेला परेको थियो ।

 युवतीको शवलाई सामाजिक जन्जालबाट समेत सार्वजनिक गरि पहिचान गर्ने प्रयास भइरहेको अध्यक्ष स्याङवाको भनाई छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ६ : ४९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी