दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने « Khabarhub

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बडा दशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले सेवालाई निरन्तरता दिने भएको छ । दुवै निकायको अत्यावश्यक सेवा सञ्चालन हुने जनाएको हो ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार विजयादशमीको टीकाको दिन सार्वजनिक विदा परेकाले त्यसदिनबाहेक सबैदिन कार्यालय आधा समय खुल्नेछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सहयोग केन्द्र र पर्यटक सूचना केन्द्र सञ्चालन हुनेछ ।

विभागको अत्यावश्यक सेवाका रुपमा रहेको पर्वतारोहण अनुमतिलाई निरन्तरता दिइने विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । उनका अनुसार पर्वतारोहणको सन् २०२४ को शरद् ऋतुको मध्य अवस्थामा चलिरहेकाले आरोहणको व्यस्त याममा दसैँमा आरोहण अनुमति, ‘ब्रिफिङ’ तथा ‘डिब्रिफिङ’ निरन्तर सञ्चालन हुने विभागले जनाएको छ । सार्वजनिक बिदाको दिनसमेत विभागको काम यथावत् रहने जनाइएको छ ।

दशैं लगायत महत्वपूर्ण चाडपर्वसँगै पर्यटकीय याम पनि भएकाले हाल पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ९ : ४२ बजे

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण