अभिनयमा फर्कंदै उत्तम, ‘कल्ली’मा अनुबन्ध « Khabarhub

अभिनयमा फर्कंदै उत्तम, ‘कल्ली’मा अनुबन्ध


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लक्ष्मण सुनारको निर्देशन रहने फिल्म ‘कल्ली’मा कलाकार उत्तम प्रधानको प्रवेश भएको छ । निर्माण पक्षले उनी फिल्ममा अनुबन्ध भएको जानकारी दिएको हो ।

सिक्किम पुगेर प्रधानलाई फिल्ममा अनुबन्धन गरेको निर्देशक सुनारको भनाइ छ । तर, निर्माण पक्षले फिल्ममा उनको भूमिकाबारे खुलाएको छैन ।

लामो समयपछि फिल्ममा अभिनयमा फर्कने पक्का भएपछि उत्तमले आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छाया’बाट डेब्यू गरेका उत्तम वि.स‌ं. २०६० को दशकका स्थापित कलाकार हुन् ।

तर, उनी सन् २०१२ बाट उनी अभिनयमा सक्रिय छैनन् । सन् २०१७ मा प्रदर्शनमा आएको ‘दर्पण छाया-२’ उनी विशेष भूमिकामा देखिएका थिए । केही समयअघि मात्र उनले अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए ।

उनको प्रवेशसँगै फिल्ममा कलाकारहरूको लाइनअप बलियो बनेको छ । यसअघि नै फिल्ममा नायकहरू सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र नायिका बेनिशा हमाल अनुबन्ध भइसकेका छन् ।

यस फिल्मको कथा निर्देशक सुनार स्वयम्‌ले लेखेका हुन्‌ । पटकथा तथा संवाद भने महेश दवाडीको रहेको छ । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्मको निर्माता किरण नेपाली हुन् ।

निर्देशक सुनारका अनुसार फिल्मको छायाङ्कन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा हुनेछ । आगामी नयाँ वर्ष लक्षित गरी चैतको २९ गतेबाट फिल्म प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १ : १८ बजे

छैठौं टाइगर कपमा एनसेलको सहकार्य

काठमाडौं– एनसेलले पोखरामा आयोजना हुने राष्ट्रिय भलिबल खेलको महाकुम्भ छैटौँ टाइगर

यसपटकको निर्वाचनमा राप्रपा एक्लै भिड्छ : अध्यक्ष लिङ्देन

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा लगायत अन्य

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

विष्णुमती नदी सरसफाइ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका खोलानाला सरसफाइ अभियानमा तीव्रता