भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग « Khabarhub

भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचारका लागि सहयोग गरिएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१० को प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर सङ्कलन गरेको एक लाख रुपैयाँ क्यान्सरपीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो ।

घोराही–१० नारायणपुरकी थापा स्तन क्यान्सर रोगका कारण बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचाररत छिन् ।

बिरामीको उपचारमा सहयोग पुगोस् भनेर भैलोबाट सङ्कलन गरिएको रकम सहयोग गरिएको सो क्लबका अध्यक्ष आशिष पुनले बताए । भैलोबाट सङ्कलित रकम प्रत्येक वर्ष सामाजिक कार्यमा लगाउने गरेको उनको भनाइ छ ।

गत वर्ष भैलोबाट सङ्कलन गरिएको एक लाख बराबराका सामग्री क्लबले घोराही–१० मा रहेको सेवाघर, वडा नम्बर १६ मा रहेको वृद्धाश्रम र तुलसीपुरमा रहेको मानव सेवाघरलाई सहयोग गरेको थियो ।

क्लबले बिरामी थापाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । उनको उपचारमा ४३ लाख रुपैयाँ लाग्ने बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण थापाको उपचारमा समस्या भइरहेको क्लबका अध्यक्ष पुनले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ७ : ३७ बजे

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

सङ्खुवासभा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन

कर्णालीमा दशौँ राष्ट्रिय खेलकुदको चटारो : मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

सुर्खेत– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

ढकमक्क फूलले ढाकेको धनकुटा बजार

धनकुटा– धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ–  कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्वका अवसरमा

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

काठमाडौँ– दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल