गौघाट ग्रीन रनको उपाधि विजय र विनिशालाई « Khabarhub

गौघाट ग्रीन रनको उपाधि विजय र विनिशालाई


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बाँके– पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्देश्यले बाँकेको खजुरामा आयोजित गौघाट ग्रीन रन रोड रेसमा जनता नमुना उच्च माविका विजय खड्का र अमर माविकी विनिशा एलजीले उपाधि जितेका छन् ।

शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानोदय नमुना माविका खगेन्द्र भण्डारी द्वितीय र जनता माविकै हेमन्त खत्री तृतीय भए । छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दोस्रो र जनताकै ऋतु बिष्ट तृतीय भए ।

धारा नेपालगन्ज म्याराथनको दशक यात्राका अवसरमा आयोजित ‘दस वर्षमा दस इभेन्ट’ अन्तर्गत खजुराको गौघाटमा ग्रीन रन आयोजना गरिएको हो ।

दौडमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ तथा ट्रफी प्रदान गरिएको थियो ।

लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री, समाजसेवी कृष्णमान श्रेष्ठ, वडासदस्य लक्ष्य बहादुर ओली, नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङ, आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे ।

जलवायु परिवर्तनका कारण पर्यावरणमा देखिएको विश्वव्यापी संकटका बारेमा विद्यार्थीलाई दौडमार्फत जागरण फैलाउन दौड आयोजना गरिएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ११ : ५८ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १