ट्रम्पको जितले आप्रवासीमा त्रास « Khabarhub

ट्रम्पको जितले आप्रवासीमा त्रास


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति पदमा रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भए पछि यसले त्यहाँ रहेका अवैध आप्रवासीका मनमा त्रास उत्पन्न हुन थालेको छ । डोनाल्ड ट्रम्पले कागजात नपुगेका आप्रवासीलाई सामूहिक रुपमा डिपोर्ट गराउने बताएका छन् ।

अहिले अमेरिकामा १ करो १० लाख अवैध आप्रवासी रहेको जनाइएको छ । सन् २००५ देखि यो तथ्यांक यथावत छ ।

यसै मध्येकी एक बोलिभियाबाट त्यहाँ पुगेकी गाब्रियला पनि हुन् । तस्करहरूको कारमा पछाडि बस्दै उनी त्यहाँ पुगेकी थिइन् । पूर्वी तटीय क्षेत्रमा क्लिनरको रुपमा काम गर्ने उनी अहिले आत्तिएकी छिन् ।

यसैबिच संसदका पूर्व सभामुख तथा डेमोक्र्याट नेत्री नान्सी पेलोसीले अमेरिकी निर्वाचनमा जो बाइडेनले पहिले नै मैदान छाडेका भए यस धेरै विषयमा फरक पार्न सक्ने बताएकी छिन् ।

न्यूयोर्क टाइम्ससँगको अन्तरवार्ताको क्रममा उनले यदी बाइडेनले पहिले नै आफू न उठ्ने कुराको जानकारी गराएको भए अन्य कोही उम्मेदवारले धेरै पहिले नै तयारी गर्ने मौका पाउने उनको आशय थियो ।

त्यसो त बाइडेनले आफ्नो उम्मेदवारी त्याग गरे पछि हतारमा उप राष्ट्रपति कमला ह्यारिसको पक्षमा आवज उठाउनु नै गलत भएको उनको मत छ । उनको मतमा तल्लो तहमा दावी गर्ने कसैलाई उम्मेदवार बनाउन पहल गर्नु पर्ने थियो । 

अन्य डेमोक्र्याटले भने ह्यारिसको हारको कारण बाइडेन भएको आरोप लगाइरहेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १२ : ०५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर