ट्रम्पको जितले आप्रवासीमा त्रास « Khabarhub

ट्रम्पको जितले आप्रवासीमा त्रास


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति पदमा रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भए पछि यसले त्यहाँ रहेका अवैध आप्रवासीका मनमा त्रास उत्पन्न हुन थालेको छ । डोनाल्ड ट्रम्पले कागजात नपुगेका आप्रवासीलाई सामूहिक रुपमा डिपोर्ट गराउने बताएका छन् ।

अहिले अमेरिकामा १ करो १० लाख अवैध आप्रवासी रहेको जनाइएको छ । सन् २००५ देखि यो तथ्यांक यथावत छ ।

यसै मध्येकी एक बोलिभियाबाट त्यहाँ पुगेकी गाब्रियला पनि हुन् । तस्करहरूको कारमा पछाडि बस्दै उनी त्यहाँ पुगेकी थिइन् । पूर्वी तटीय क्षेत्रमा क्लिनरको रुपमा काम गर्ने उनी अहिले आत्तिएकी छिन् ।

यसैबिच संसदका पूर्व सभामुख तथा डेमोक्र्याट नेत्री नान्सी पेलोसीले अमेरिकी निर्वाचनमा जो बाइडेनले पहिले नै मैदान छाडेका भए यस धेरै विषयमा फरक पार्न सक्ने बताएकी छिन् ।

न्यूयोर्क टाइम्ससँगको अन्तरवार्ताको क्रममा उनले यदी बाइडेनले पहिले नै आफू न उठ्ने कुराको जानकारी गराएको भए अन्य कोही उम्मेदवारले धेरै पहिले नै तयारी गर्ने मौका पाउने उनको आशय थियो ।

त्यसो त बाइडेनले आफ्नो उम्मेदवारी त्याग गरे पछि हतारमा उप राष्ट्रपति कमला ह्यारिसको पक्षमा आवज उठाउनु नै गलत भएको उनको मत छ । उनको मतमा तल्लो तहमा दावी गर्ने कसैलाई उम्मेदवार बनाउन पहल गर्नु पर्ने थियो । 

अन्य डेमोक्र्याटले भने ह्यारिसको हारको कारण बाइडेन भएको आरोप लगाइरहेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १२ : ०५ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित